मधुमेह के हो? र सुरक्षा कसरी अपनाउने?



प्राडा बुद्धि पौड्याल

मधुमेह के हो?

मानव रगतमा ग्लुकोजको मात्रा सामान्यभन्दा बढी भई शारीरिक अंगहरूको काममा असामान्य प्रभाव देखापरेको अवस्थालाई मधुमेह (चिनीरोग वा डाइबिटिज) भनिन्छ। एकपटक भएपछि सामान्यतया जीवनभर रहिरहने यो एक दीर्घकालीन स्वास्थ्य समस्या हो।

खानाबाट प्राप्त भएको ग्लुकोजलाई तत्कासञ्चय गर्ने र आवश्यकताअनुसार खपत गरेर शक्ति उत्पादन गर्ने कार्य हाम्रो शरीरको प्यान्क्रियाज ग्रन्थिबाट उत्पादन हुने इन्सुलिन हर्मोनले गरेको हुन्छ। कुनै पनि कारणले गर्दा इन्सुलिनको उत्पादन कम भएमा वा त्यसले प्रभावकारी काम गर्न नसकेमा रगतमा ग्लुकोजको मात्रा बढ्दै जान्छ र मधुमेह देखा पर्दछ।

मधुमेह किन हुन्छ?

मधुमेहका अधिकांश बिरामीमा के कारणले इन्सुलिनको उत्पादन कम हुन्छ वा यसको काम प्रभावकारी हुँदैन भन्ने कुरा यकिन गर्न सकिँदैन। मधुमेह केही हदसम्म वंशमा जान सक्दछ तापनि मोटोपन, अधिक मात्रामा बोसो÷चिल्लोयुक्त पदार्थको सेवन, शारीरिक व्यायामको कमी आदिले गर्दा इन्सुलिनको उत्पादन वा काममा गडबडी आउन गई यो रोग लागेको पाइन्छ।

कस्तो अवस्थामा मधुमेह लागेको शंका गर्ने?

रगतमा ग्लुकोजको मात्रा बढी हुँदा पनि धेरै मानिसमा मधुमेहका कुनै लक्षण देखा नपर्न सक्छन्, तर भित्रभित्रै भने यसले असर पु¥याइरहेकै हुन्छ। सामान्यतया निम्न लक्षण देखापरेमा मधुमेह भएको शंका गर्नुपर्दछ ः

छिटोछिटो धेरै मात्रामा पिसाब लाग्ने।
मुख सुख्खा हुने, बढी तिर्खा लाग्ने।
बढी भोक लाग्ने, राम्ररी खाना खाए पनि तौघट्दै जाने।
कमजोरी, आलस्य र थकान
महसुस हुने।
दृष्टि धमिलो हुने।
हातगोडामा सिल्का हान्ने, पोल्ने, झम्झमाउने।
घाउ चोट निको हुन बढी
समय लाग्ने।

मधुमेहका दीर्घकालीन असरहरू केके हुन् ?

बेलैमा नियन्त्रणमा राख्न नसकेको खण्डमा मधुमेहले शरीरका अति महत्त्वपूर्ण अंग जस्तै आँखा, मुटु, मृगौला, दिमाग र रगत तथा स्नायुका नसाहरूमा नराम्रो असर पार्न सक्छ।

मृगौलाको काममा क्रमिक

ह्रास आएर किड्नी फेलरसम्म हुन सक्छ।
रक्तचाप बढ्ने तथा हृदयाघातलगायतका मुटुका रोग र पक्षघातलगायतका रोगको जोखिम बढ्छ।
आँखामा असर परी अन्धोपन हुन सक्छ। आजको विश्वमा अन्धोपनको प्रमुख कारण मधुमेह भएको तथ्य विभिन्न अध्ययनले देखाएका छन्।

स्नायुका नसामा क्षति पुग्नाले हातगोडा झम्झमाउने, पोल्ने, खुट्टामा घाउ हुने र भएको घाउचोट निको हुन लामो समय लाग्छ। गोडाका रगतका नसाहरूमा असर पर्नाले रक्तसञ्चारमा अवरोध हुन गई खुट्टा काट्नुपर्नेसम्मको स्थिति आउन सक्छ। यौन अंगसँग सम्बन्धित नसामा असर पर्नाले यौन कार्यमा कमजोरी आउने तथा बाँझोपनसमेत हुनसक्छ।

संयमित खानपान
स्वस्थ्य व्यक्ति र मधुमेह भएको व्यक्तिले खाने खानाको छनोटमा खासै भिन्नता नभए पनि कस्तो प्रकारको खाना कति मात्रामा कतिखेर कति समयको फरकमा खाने भन्ने कुरामा ध्यान पु¥याउनु जरुरी हुन्छ।

चिनी र चिल्लो÷बोसोयुक्त प्रशोधित खानेकुराहरू जस्तै चिनी, सख्खर, जुस, जाम, मह, चक्लेट, मिठाइ, गुलियो पेय पदार्थ, हर्लिक्स, खुवा, चाकु, केक, बोसो तारेको वा भुटेको खाना सेवन नगर्ने वा कमै मात्र सेवन गर्ने।
धूमपान र मध्यपान पूर्णरूपमा बन्द गर्ने।
पर्याप्त मात्रामा सागसब्जी, फलफूर रेसादार खानेकुरा सेवन गर्ने। अन्नको हकमा भात, रोटी, मकै, ढिँडो आदि खान सकिन्छ।
हरेक ४–५ घण्टाको फरकमा दिनमा ३–४ पटक ठीक मात्रामा सन्तुलित खाना खाने। राति पनि केही (जस्तै एक गिलास दूध) खाएर सुत्ने
बानी बसाल्ने।
लामो समयसम्म भोकै नबस्ने, ब्रत नबस्ने। यसो गर्दा रगतमा ग्लुकोजको मात्रा घट्न गई बिरामी बेहोस पनि हुन सक्छ।

शारीरिक व्यायाम
मधुमेहका बिरामीले नियमितरूपमा दैनिक आधा घण्टादेखि एक घण्टा जति व्यायाम गर्नु राम्रो हुन्छ। बिहान छिटो–छिटो हिँड्ने, खेतबारीमा हल्का काम गर्ने, साइकचलाउने, सामान्य खेलकुदमा सहभागी हुने, पौडी खेल्ने आदिजस्ता क्रियाकलाप नियमितरूपमा गर्दा मधुमेह नियन्त्रण हुने मात्र नभई तौल, रक्तचाप र रगतमा कोलेस्टेरोघट्न मद्दत पुग्छ, साथसाथै मुटुको रोगको जोखिम पनि कम हुन जान्छ। साथै ध्यान र योगाभ्यासले पनि शारीरिक र मानसिक तनाव कम गरी मधुमेह नियन्त्रणमा बपु¥याउँछ।

नियमित स्वास्थ्य परीक्षण
मधुमेह नियन्त्रणमा रहे–नरहेको थाहा पाउन चिकित्सकको परामर्शमा केही समयको अन्तरमा रगतमा ग्लुकोजको मात्रा (खालीपेटमा र खानापछि) जाँच गर्नुपर्छ। एचबीए, सी भनिने विशेष जाँचले विगत तीन महिनासम्ममा रगतमा भएको ग्लुकोजको मात्रा औसतरूपमा देखाउने भएकाले यो धेरै प्रभावकारी हुन्छ। सामान्यतया खाली पेटमा र खानापछि रगतमा ग्लुकोजको मात्रा क्रमशः १२०–१३० र १६०–१७० मिलिग्राम प्रतिसय मिलिलिटरभन्दा कम तथा एचबीए, सी ७ प्रतिशतभन्दा कम राख्नुपर्छ। गर्भावस्थामा र जवान मानिसमा भने यो मात्रा अझै कम राख्नु बेस हुन्छ।

नियमितरूपमा रक्तचाप परीक्षण गराउनुपर्छ।
वर्षमा एक पटक वा चिकित्सकको परामर्शअनुसार मृगौलाको जाँच पिसाबमा प्रोटिन एवं रगतमा क्रियाटिनिन र रगतमा कोलेस्टेरोलको जाँच गराउनुपर्छ।
वर्षमा एक पटक नेत्र विशेषज्ञसँग आँखा जाँच गराउनुपर्छ।

मधुमेहका बिरामीले हरेक दिन आफ्नो खुट्टाको जाँच र स्याहार गर्नुपर्छ। चोटपटक लाग्नबाट जोगिनुपर्छ, खाली खुट्टा हिँड्डुगर्नुहुँदैन। नरम जुत्ताको प्रयोग गर्नुपर्छ।

मधुमेहले दाँत र गिजामा पनि असर पार्न सक्ने भएकाले यसको स्वास्थ्यमा ध्यान दिनुपर्छ। आवश्यक परेमा परामर्शका लागि दन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ।

औषधि उपचार
मधुमेहका बिरामीले चिकित्सकको परामर्शमा आवश्यकताअनुसार इन्सुलिनको उत्पादन वा कामलाई बढावा दिने चक्की औषधि वा इन्सुलिन सुई प्रयोग गर्नुपर्ने हुन सक्छ। सामान्यतया पहिलो किसिमको मधुमेह तथा गर्भावस्थाको मधुमेहको उपचारमा इन्सुलिनको प्रयोग गरिन्छ भने दोस्रो किसिमको मधुमेहको उपचारमा खाने औषधि, इन्सुलिन सुई वा दुवैको प्रयोग गरिन्छ।

रगतमा एक्कासि ग्लुकोज कम हुनु
खाना, औषधि वा इन्सुलिन र शारीरिक व्यायामको तारतम्य नमिल्दा (खाना कम, औषधि वा सुईको मात्रा बढी, वा कसरत बढी भएमा) रगतमा ग्लुकोजको मात्रा ≈वात्तै घट्न सक्छ। रगतमा ग्लुकोजको मात्रा ७० मिलिग्राम प्रतिसय मिलिलिटरभन्दा कम भएमा यस्तो हुन सक्छ र यसमा निम्म लक्षण देखिन सक्छन्।
हातगोडा गल्ने, कमजोर हुने।
खल्खली पसिना आउने, चिड्चिडाहट हुने।
मुटुको धड्कन बढ्ने, मुटु हल्लिने।
धमिलो देखिने, तिरमिर हुने।
टाउको दुख्ने, भाउन्न हुने, चक्कर लाग्ने।
रगतमा ग्लुकोज धेरै घटेको रहेछ भने बिरामी बेहोस पनि हुन सक्छ।

यस्तो अवस्थाको आभास भएमा तुरुन्तै ३–४ चम्चा चिनी, ग्लुकोज, केही चकलेट वा कुनै गुलियो जुस या चिनीयुक्त पदार्थ सेवन गरिहाल्नुपर्छ। यी लक्षणमा सुधार आएपछि बिरामीलाई नियमित खाना दिइहाल्नुपर्छ। यदि बिरामी बेहोस भएको रहेछ भने तत्कालै अस्पतालैजानुपर्दछ।

(लेखक ः पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालका वरिष्ठ फिजिसियन, बाथरोग, मधुमेह तथा इन्डोक्राइन रोग विशेषज्ञ हुनुहुन्छ।)

मधुमेहका किसिम
मधुमेह हुने प्रारम्भिक कारणको आधारमा सामान्यतया यसलाई दुई किसिममा विभाजन गरिन्छ।

पहिलो किसिमको मधुमेहः

शरीरमा इन्सुलिनको उत्पादन अत्यन्त कम हुँदा रगतमा ग्लुकोजको मात्रा सामान्यभन्दा बढी हुने अवस्थालाई पहिलो किसिमको मधुमेह भनिन्छ। यस्ता बिरामीलाई बाँच्नका लागि इन्सुलिन नै चाहिने भएकाले यिनीहरू जीवनभर इन्सुलिनमा आश्रित हुन्छन्। जुनसुकै उमेरमा देखा पर्नसक्ने भए तापनि यस्तो मधुमेह विशेष गरी बाल्यावस्था वा किशोरावस्थामा शुरू हुने र दुब्ला पातला मानिसमा बढी देखिने गर्दछ।

दोस्रो किसिमको मधुमेह 

शरीरमा चाहिनेजति इन्सुलिन उत्पादन नहुँदा वा उत्पादित इन्सुलिनले प्रभावकारी काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी भएको अवस्थालाई दोस्रो किसिमको मधुमेह भनिन्छ। यसको उपचारमा सन्तुलित खानपान र नियमित व्यायामका साथसाथै आवश्यकताअनुसार खाने औषधि र कहिलेकाहीं इन्सुलिनको पनि आवश्यकता पर्न सक्दछ। यस्तो मधुमेह सामान्यतया ४० वर्षको उमेरपछि प्रायः मोटाघाटा व्यक्तिमा देखापरेको पाइन्छ।
हाम्रो समाजमा देखिने मधुमेहका बिरामीमध्ये अधिकांश (करिब ९५ प्रतिशत) लाई दोस्रो किसिमको र धेरै कमलाई मात्र पहिलो किसिमको मधुमेह भएको पाइन्छ। त्यस्तै कहिलेकाहीं महिलामा गर्भावस्थामा मधुमेह देखिन्छ । जसले आमा र बच्चा दुवैको स्वास्थ्यमा हानिकारक असर पु¥याउन सक्दछ। यसको उपचारमा पनि इन्सुलिन सुईकै प्रयोग गरिन्छ।

मधुमेह भएको कसरी पत्ता लगाइन्छ ?

मधुमेहका धेरै बिरामीमा कुनै पनि लक्षण नहुने र भए तापनि ती लक्षण अरू धेरै रोगसँग मिल्न सक्ने भएकाले मधुमेह भए नभएको यकिन गर्न रगतमा ग्लुकोजको मात्रा जाँच्नुपर्छ। तलको टेबुलमा विभिन्न अवस्थामा रगतमा चिनीको मात्रा कति हुनुपर्छ भनी जनाइएको छ ः

माथि लेखिएका मधुमेहका लक्षण भएको शंका लागेमा, परिवारको कुनै सदस्यलाई मधुमेह भएमा, शारीरिक तौबढी भएमा र सामान्यभन्दा बढी तौलको बच्चा जन्माउने महिलाले बेलैमा रगत परीक्षण गरी मधुमेह भए–नभएको निश्चित हुनुपर्दछ।

मधुमेहका किसिम, बिरामीको अवस्था तथा दैनिक कामको प्रकृति आदिलाई ध्यानमा राखी यसको उपचार गरिने भएकाले मधुमेहका बिरामी विज्ञ डाक्टरको परामर्शमा रहनु जरुरी हुन्छ। संयमित एवं सन्तुलित खानपान, नियमित व्यायाम र आवश्यकताअनुसारको सही औषधि वा इन्सुलिनको प्रयोग गरेर मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ।

रगतमा चिनीको मात्रा
अवस्था खाली पेटमा खानापछि
सामान्य २०० भन्दा कम १४० भन्दा कम
मधुमेहको पूर्वावस्था १०१ देखि १२५ १४१ देखि १९९
मधुमेह १२६ भन्दा बढी २०० भन्दा बढी
मिलिग्राम प्रतिसय मिलिलिटर रगतमा

प्रतिक्रिया दिनुहोस्