घरेलु मेलामा ७ करोडको कारोबार



काठमाडौं, (नेस)
राजधानीमा जारी १४औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ मा आइतबारसम्म झण्डै सात करोड रुपियाँ बराबरको कारोबार भएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा शुक्रबारदेखि राजधानीको प्रदर्शनीमागीस्थित भृकुटीमण्डप परिसरमा शुरू भएको मेलामा शुक्रबार २० हजारले अवलोकन तथा ५० लाखको कारोबार भएको थियो। शनिबार ५० हजारले अवलोकन तथा चार करोड रुपियाँको कारोबार भएको थियो। यसैगरी आइतबार ३० हजारले अवलोकन तथा सवा दुई करोड रुपियाँको कारोबार भएको हो।
आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ आगामी मंगलबारसम्म चल्ने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरांै’ र‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने रहेको छ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका संवाहकका रूपमा रहेका भएतापनि प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरू प्रतिस्पर्धी बन्न नसकेको हुँदा आकर्षक प्रतिफल दिन नसकिरहेको भन्दै उहँँले परिणामतः यस्ता उद्योगहरूमा पुस्ता हस्तान्तरण हुन मुख्य प्राथमिकतामा पर्नुपर्नेमा जोड दिनुभयो।

तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने प्रदर्शनीले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तत्र्रिmया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षणका रूपमा रहने मेला संयोजक मोहन कटवालले बताउनुभयो।

सार्क मुलुकका लघु घरेलु तथा साना उद्योगहरूको पारिस्परीक हित प्रवद्र्धन गर्न र सार्क स्तरीय नेटवर्क बिस्तार गर्ने उद्देश्यले सन् २००५ मा नेपाल, भारत, श्रीलंका, भुटान र बंगलादेशका छाता संस्थाको सम्मेलनबाट स्थापना गरिएको साउथ एसियन कन्ट्रिज एसएमई फोरमको तेस्रो सम्मेलन आइतबार भयो।

प्रतिक्रिया दिनुहोस्