प्रभु बैंकका दुई नयाँ शाखा खुले



  • काठमाडौं, (नेस)

    प्रभु बैंकले सिरहाको बरियारपट्टी गाउँपालिका र कपिलवस्तुको विजयनगर गाउँपालिकामा दुई शाखा सञ्चालनमा ल्याएको छ। बरियारपट्टी शाखा बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतो तथा विजयनगर शाखा विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा मगरबाट उद्घाटन गर्नुभएको थियो।

बरियारपट्टी शाखा कार्यालय र विजयनगर शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारण, फर्म, कम्पनी तथा संघ संस्थाहरूले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र दुवै गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्