अमिशा ट्रोलको शिकार



बलिउड नायिका अमिशा पटेल सामाजिक सञ्जालमा आफैँले लगाएको पहिरनका कारण ट्रोल भएकी छिन्। उनले आफ्नो ईन्स्टाग्राम अकाउन्टमा शेयर गरेको एक तस्विरमा उनी रातो टिशर्ट र नीलो जिन्समा छिन्। यहि तस्विरलाई लिएर मानिसहरूले उनीप्रति भद्धा कमेन्ट गरेका छन्। केहिले उनीसँग लाउनको लािग अरु कुनै कपडा नरहेको कमेन्ट गरेका छन् भने केहिले त पुछ्ने कपडा लाएर हिँडेकोसम्म पनि भनेका छन्। उसो त उनको यस तस्विरलाई उनका फ्यानहरूले तारीफ पनि गरेका छन्।


बलिउडमा पहिरनका कारण ट्रोल हुने उनी मात्र भने होइनन्। यसभन्दा अघि दिपिका पादुकोण, अनुष्का शर्मा, कार्तीक आर्यनजस्ता बलिउड हस्तीहरू पनि ट्रोल भईसकेका छन्। तर अहिलेको निशाना भने अमिषा भएकी छिन्। उनले यो फोटो आफ्नौ बैङकक टुरको क्रममा शेयर गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्