रामेछापमा १ सय ८६ विद्यालयको पुननिर्माण



रामेछाप , (नेस)। भुकम्प गएको तीन बर्षको अवधिमा रामेछापमा १ सय ८६ वटा विद्यालयको पुननिर्माण सम्पन्न भएको छ। भुकम्पको कारण ध्वस्त भएकोे ४ सय १९ विद्यालय मध्ये तीन बर्षको अवधिमा लक्ष्य अनुसार १ सय ८६ वटा विद्यालय भवनको पुननिर्माणको काम सम्पन्न भएको हो। जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) रामेछापका इर्काइ प्रमुख हेमन्त कुमार बुढाथोकीले ३ सय २३ वटा विद्यालय निर्माणधिन अवस्थामा रहेको र ९६ वटा विद्यालय बन्ने क्रममा रहेको बताउनुभयो।

आयोजना इकाई मार्फत पाँच वडा एडिबीको आर्थिक सहयोगमा ७६ वटा एनजिओ मार्फत र ४० वटा आयोजना इकाई मार्फत निर्माण भएको उहाँले बताउनुभयो। विद्यालय पुननिर्माणको अवस्था अपेक्षाकृत रूपमा अगाडि बढिरहेको बताउदै इकाई प्रमुख बुढाथोकीले भन्नुभयो,‘आगामी दुई बर्षभित्र रामेछापमा भुकम्पको कारण भत्किएका सबै विद्यालयको पुननिर्माण सम्पन्न हुन्छ।’ निर्माण हुन बाँकी ९६ वटा विद्यालय भवन निर्माण गर्नको लागि गृहकार्य भइरहेको बताउदै उहाँले केही विद्यालयमा विद्यार्थीको संख्या कम भएको र केही मर्ज गर्नुपर्ने यकिन गरेर मात्र विद्याल पुननिर्माणको कामलाई तीब्रता दिने बताउनुभयो। एक साथ सबै विद्यालय पुननिर्माणको कामलाई अगाडि बढाउन बजेटको पर्याप्त नभएको आयोजना इकाईले जनाएको छ। इकाई प्रमुख बुढाथोलीले भन्नुभयो,‘दुई बर्षभित्र सञ्चालिन विद्यालयमा पर्याप्त कक्षाकोठा पुग्ने गरी विद्यालय भवनको निर्माण हुन्छ।’

रामेछापमा भुकम्पको कारण क्षतिग्रस्त विद्यालयहरूको पुननिर्माणको कामले गति लिएको छ। केन्द्रीय आयोजना केन्द्रीय इकाई (शिक्षा) इकाई मार्फत एडिबीको ६२ करोड आर्थिक सहयोगमा पाँच वटा पक्की भवन निर्माण सम्पन्न भएको छ। रामेछापको रुद्राक्षश्वर मावि भटौलीमा निर्माण भएको नवनिर्मित भवनको कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले उदघाटन गर्दै निर्माण सम्पन्न अन्य चार वटा भवनको साचो विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई हस्तान्तरण गर्नुभयो।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) माफर्त १३ महिना अघि सरकारले रामेछापको पाँच वटा विद्यालय निर्माणको लागि ठेक्का सम्झौता गरेको थियो। भुकम्पको कारण ध्वस्त भएको पाँच वटा विद्यालय भवन निर्माण गर्ने जिम्मेवारी पाएको शर्मा÷डाँफे÷खानी जेभीले सम्झौता मितिभित्र नै विद्यालय निर्माण गरेर हस्तान्तरण गरेको छ। पाँच वटा विद्यालय भवनको पुननिर्माण गरिएको जेभी पार्टनर एवं खानी निर्माण सेवाका प्रबन्ध निर्देशक रत्न गौतमले बताउनुभयो। उहाँले भन्नुभयो,‘सम्झौता मितिभित्र नै भवन निर्माण गरेर हस्तान्तरण गरेका छौ।’
शर्मा÷डाँफे÷खानी जेभीले भुकम्पको कारण ध्वस्त भएको मन्थली नगरपालिकास्थित नाककन्या मावि गडवारी रुद्राक्षश्वर मावि मुगिटार, भैरवी मावि सुनारपानी, भिमेश्वर प्रसुन कडेल मावि रजगाउँ र नवदर्शन मावि तिल्पुङ गरी पाँच वटा विद्यालय भवन निर्माण गरेको हो।


निजी आवास निर्माणको तुलनामा विद्यालय पुननिर्माणको कार्यले गति लिएको छ। जिल्लाका अधिकाशं विद्यालय हाल निर्माणधिन अवस्थामा छन। नवनिर्मित विद्यालय भवनको साँचो हस्तान्तरण कार्यक्रममा रामेछाप प्रदेश सभा १ का शान्ति पौडेल, प्रदेशसभा सांसद रिता माझी, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का, मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेत, खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ, सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा, खानी निर्माण सेवाका टिम पार्टनर दिपेन्द्र कुमार कार्की लगायतको सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्