डान्स गर्दै पार्टी एकताबारे वामदेवले भने- अब तलबाट गर्नुपर्छ



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले एमाले–माओवादी केन्द्रबीचको एकता रोकिनुको कारण आफूलाई पनि थाहा नभएको बताएका छन् ।

सबै कुरा टुङ्गिएपनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकतामा ढिलाई गरेको बताउँदै गौतमले तलबाट एकता प्रक्रिया सुरु आव्हानसमेत गरेका छन् ।

एकता संयोजन समितिको सदस्य समेत रहेका एमाले बरिष्ठ उपाध्यक्ष गौतमले एमाले र माओवादी केन्द्रको सिन्धुली–काठमाण्डु सम्पर्क मञ्चद्वारा शनिबार गोदाबरीमा आयोजित बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै ओली–प्रचण्डका कारण एकताका ढिलाई भएको र ढिलाईको कारण आफूले पनि थाहा नपाएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्