मगाऔं वाइन र ग्लास



आणविक हतियार, क्षेप्यास्त्र र अन्य खै के–के हतियार परीक्षण गरेर उत्तर कोरियाले संसारलाई थर्कमान बनाएको छ। संसारकै सर्वशक्तिमान मानिएको अमेरिकासमेत सो मुलुकको विरोध गर्न आँट गरिहाल्दैन। तर अब उत्तर कोरिया लचिलो भएको छ, ऊ बदलिने बलियो संकेत आएको छ।

शुक्रबार सो मुलुकका सर्वोच्च नेता किम दक्षिण कोरिया पुगेर सो मुलुकका समकक्षी मुनसँग अंकमाल गर्दै भेटवार्ता गरेका छन्। सिसाका वाइन कप ‘चियर्स’ गरेको तस्वीर पनि देखियो। चियर्स गज्जबकै भएछ क्यार, उनीहरू वर्षौं पुरानो युद्ध अन्त्य गर्न सहमत भएका छन्। शुक्रबारको ऐतिहासिक शिखर वार्तापछि कोरियाली प्रायद्वीपलाई पँर्णतः निशस्त्रीकरण गर्ने विषयमा सहमति भएको हो।

हाम्रा छिमेकी भारत र पाकिस्तानका नेता पनि मौका मिलाएर ‘चियर्स’ गरिरहन्छन्, तर वर्षौं पुरानो शीतयुद्ध अन्त्य गर्ने संकेत कहिल्यै देखाएनन्।

‘चियर्स’ गर्न नजान्या हो कि, वाइन असली नप¥या, धरहराले बुझ्न सक्या छैन। यता हाम्रा ओली र प्रचण्ड पनि वाइन पिउने मामलामा त कमजोर होइनन् क्यार, उनीहरूले प्रायः हरेक दिन ‘वान टु वान’ भेटघाट गरेको सुनिन्छ।

तर यी नेता पनि ‘वाइन कला’मा निकै कमजोर रहेको प्रस्ट भयो। दक्ष भए त पार्टी एकता भइहाल्थ्यो नि⁄ त्यसैले अब चियर्स गर्ने कला, वाइन र ग्लास किम र मुनबाट झिकाउनुपर्ने भयो, कँटनीतिक पहल शुरू गरिहालौं।

प्रतिक्रिया दिनुहोस्