भिडियोमा पराई सार्वजनिक



नवगायिका अनिता कुँवरको पराई बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

गीतमा अजुमीको शब्द तथा रोशन राज गुरुङको संगीत छ। गणेश अग्रवाल, सुर्जनी केसी र सुजता राउतले अभिनय गरेको म्युजिक भिडियो सञ्जय पाण्डेयले निर्देशन गरेका छन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गायक भिमसेन लामाले गायिका कुँवरको पुराना कलाकारको जस्तो स्वर रहेको उल्लेख गरे। भिडियो निर्देशक पाण्डेयले गीतले बोलेअनुसार भिडियो बनाएको बताए। भिडियो चक्र महर्जनले खिचेका छन् भने दिनेशजंग राणाले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्