इभालाई ताज



सिजन मिडियाद्धारा राजधानीमा आयोजित साताँै अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ मा वानेश्वरकी इभा गिरीले ताज चुमेकी छिन्। मिनभवनस्थित एनके सिंह ईपिएस स्कुलमा १० कक्षामा अध्ययनरत ईभाले ७२ स्पर्धीलाई पछाडि पार्दै जुनियर स्कुल प्रिन्सेस २०१८ को ताज चुमेकी हुन्।

हालै राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगिताको अन्य २ सम”हमा परिना श्रेष्ठ र इसा थापा मगरले ताज चुमेका छन्। प्रतियोगितामा पुनीकाश्री वस्नेत, सुवेक्षा श्रेष्ठ र रिया गौतम फष्ट रनर्सअप, समृद्धि सिग्देल, समिया थापा र सिम्रन तुलाधर सेकेन्ड रनर्सअप भएका थिए। विजयीहरूलाई साइकल र मोवाइल फोन उपहार प्रदान गरिएको थियो। कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यको कोरियोग्राफी र सञ्चालनमा भएको कार्यक्रममा टप टेन विजेतालाई विभिन्न पुरस्कार प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्