राष्ट्रभावको गीत सार्वजनिक



राष्ट्रभावका गीत समावेश गरिएको म्युजिक भिडियोसहितको गीत नेपाल प्यारो लाग्छको प्रमुख अतिथि माओवादी केन्द्रका प”र्व उपप्रधान«मन्त्री नारायणकाजी श्रेष्ठ र गीतकार डा. कृष्णहरी बरालले संयुक्तरूपमा सार्वजनिक गरेका छन्।

सुमन बैरागीको शब्दमा दिपसागर थापाको संगीत तथा रञ्जिता थापा र दिपसागर थापाको स्वर रहेको गीतका बारे प्रकाश पार्दै गायक एवं संगीतकार थापाले लोकदोहोरीको क्षेत्रमा क्रियाशील हुँदै गर्दा आधुनिकतातर्फ मोडेर राष्ट्रिय भावको गीत सार्वजनिक गरेको बताए। कार्यक्रममा बोल्दै प्राज्ञ ज्योतिप्रकाशले राष्ट्रिय भावको गीतले देशप्रतिको जिम्मेवारी बोध गराउने चर्चा गरे।

गीतको समिक्षा गर्दै गजलकार डा. कृष्णहरि बरालले देशको यथार्थ धरातलमा रहेर शब्द सिर्जना भएको चर्चा गरे। माओवादी केन्द्रका नेता नारायणकाजीले राष्ट्रियताप्रति गीतसंगीतबाट जनचेतना फैलाउन सहज हुने बताए।

प्रतिक्रिया दिनुहोस्