बहिनी किम यो जोङको कमाल



दुई कोरियाबीच शुक्रबार भएको ऐतिहासिक शिखर वार्ताले विश्वको ध्यान कोरियाली प्रायद्वीपतिर तानिएको छ। दुई कोरियाका वरिष्ठ नेताहरूलाई यो अवस्थासम्म ल्याउन कसको हात रहेको थियो भन्ने कौतूहल विश्वभर फैलिएको छ। अमेरिका, चीनदेखि नेपालसम्मले दुई कोरियाको वार्तालाई सूक्ष्म ढंगले विश्लेषण गरिरहेको बेला धरहराले एउटा रहस्य पत्ता लगाएको छ।

उत्तर कोरियाली शासक किम जोङ उनलाई यो वार्तासम्म ल्याउने काम उनकै शक्तिशाली बहिनी किम यो जोङको हात रहेको पत्ता लगाएको छ। हैन ती बहिनी कति शक्तिशाली रहिछिन् भने दक्षिण कोरियाको नामसमेत सुन्न नचाहने उत्तरका शासकलाई दक्षिण कोरियासम्मको भ्रमण गराउनु र युद्धबिरामको अवस्थामा समेत पु¥याउनुले पक्कै पनि उनलाई दुवै देशले देवीका रूपमा पुकार गर्नुपर्छ भन्ने मान्यता धरहराको छ। बहिनी किम यो जोङ र दक्षिणका राष्ट्रपति मुन जाय इनलाई मान्नै पर्छ, जसले तेस्रो विश्वयुद्धलाई इन्कार गरिदिएका छन्।

हो यस्तो पो हुनुपर्छ शासक त?

प्रतिक्रिया दिनुहोस्