प्रयास असफल



पेरिस, (एजेन्सी) फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले आफ्नो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानसँगको अन्तर्राष्ट्रिय आणविक सम्झौतामा आबद्ध गराइरहने प्रयास असफल भएको बताएका छन्। अमेरिकाको ३ दिने औपचारिक भ्रमणको अन्त्यमा म्याक्रोले आफूलाई सम्भवतः ट्रम्पले घरेलु कारण सो सम्झौता त्याग्न खोजेकोजस्तो लागेको पनि स्पष्ट पारेका छन्। इरानलाई आणविक हातहतियार हासिल नगराउन केन्द्रित उक्त सम्झौताबारे ट्रम्पले १२ सम्ममा निर्णय गर्न सक्नेछन्। ट्रम्पले शुरूदेखि नै इरान र विश्वका ६ वटा शक्तिशाली राष्ट्रबीच भएको सम्झौताको विरोध गर्दै त्यसलाई पागलपनको संज्ञा दिँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्