सधैं खोक्रो आश्वासन



गोरखाको बारपाक केन्द्रविन्दु भएर महाभूकम्प गएको बुधबार ठीक तीन वर्ष बितेको छ । समय पनि कत्ति छिटो बित्ने, थाहै नपाई तीन वर्ष बितेछ। तर काठमाडौं खाल्डोसहित भूकम्प प्रभावित धेरै जिल्लामा पुनर्निर्माणको अवस्था नियाल्दा भूूकम्प ३ वर्ष होइन, ३ महिनाअघि गएझैं देखिन्छ ।

भूकम्प प्रभावित जिल्लाहरुमा मुश्किलले २० प्रतिशतका हाराहारी मात्रै पुनर्निर्माण भएको छ । सरकारले दिने भन्या अनुदान पाउनेले धमाधम पाइराख्या छन्, कतै अहिलेसम्म अत्तोपत्तो छैन। अनुदान कर्लप्पै पार्ने, पचाउने र डकार्नेहरुको संख्या पनि कम छैन। टहरामा बसोबास गर्नेहरुको नयाँ छानो कहिले तयार हुने हो, अत्तोपत्तो छैन ।

यस्तै अवस्थाका बीच बुधबार बारपाक भूकम्पको स्मृतिसभा धेरै ठाउँमा भएको देखियो, सुनियो। त्यो पनि राम्रै खर्च र तामझामका साथ । स्मृतिसभा र खाजा खानाका नाममा गरिएको खर्च कुनै विपन्न परिवारको नयाँ टहरो निर्माणमा खर्च ग¥या भए पनि त स्मृति हुन्थ्यो होला नि ? कि सुकिलामुकिला मनुवाहरु भेला भएर लञ्च र डिनर गर्दैमा मात्र सभा सफल सभा मानिने हो, धरहराले बुझ्न सक्या छैन ।

‘आफैं त महादेव उत्तानु पर कसले देला बर’ भन्या झैं भन्ने अवस्था छ मेरो आफ्नै त । कहिले यो शैलीमा मलाई नयाँ जीवन दिने भन्या छन्, कहिले ऊ शैलीमा । धेरैको खोक्रो आश्वासनले म दिक्क बन्या छु।

प्रतिक्रिया दिनुहोस्