पानीदेखि डराउने पौडीबाज फेल्प्स



कविरस शर्मा
माइकल फेल्प्स विश्वकै यस्ता पौडीबाज हुन् , जसले चार वटा ओलम्पिकमा प्रतिस्पर्धा गरेका छन्। यस क्रममा फेल्प्सले आफूभन्दा आधा उमेरका खेलाडीलाई पनि हराएका छन्। यसैकारणले उनलाई स्विमिंगका बादशाह र ओलम्पिकको अहिलेसम्मकै सबैभन्दा महान् एथ्लीट्स मानिएको छ। फेल्प्सको नाममा कुल ८३ पदक छन्। जसमध्ये २८ पदक उनले ओलम्पिकमा जितेका हुन्। ती २८ मध्ये २३ स्वर्ण पदक रहेका छन्।
फेल्प्सको जन्म ३० जून १९८५ मा अमेरिकाको बाल्टीमोरमा भएको थियो। उनी सात वर्षको छंदा उनका मातापिताबीच डिभोर्स भएको थियो। सम्बन्धविच्देद्धको असरबाट बच्चाको ध्यान हटाउन उनकी आमाले मात्र सात वर्षको उमेरमा फेल्प्सलाई स्विमिंग प्रशिक्षणमा पठाउन सुरु गरेकी थिइन्। उनको लक्ष्य त खाली फेल्प्सलाई पौडी सिकाउनु मात्रै थियो। तर हेर्दाहेर्दै फेल्प्सलाई स्विमिंगप्रतिको मोह जागेपछि यसैमा उनले करियर बनाउने निर्णय गरेका थिए।

कक्षा ६ मा अध्ययनरत हुँदा पढाईमाभन्दा उट्पट्यांग हर्कतमा बढी अग्रसर भएकाले उपचारका लागि उनलाई मनोविज्ञका जचाउन लगिएको थियो। जहां उनलाई (एडीएचडी) अटेंशन डेफिसिन्ट हाइपरएक्टिभिटी डिसर्डर अर्थात् पानी देखेर डर लाग्ने रोग भएको चिकित्सकले बताएका थिए। तर यसबाट अविचलित उनले पानीमा नै कडा अभ्यासलाई जारी राखे। मात्र १० वर्षको उमेरमा आफुलाई यसरी प्रशिक्षित गराए कि आफ्नो उमेर समूहको लगभग सबै राष्ट्रिय कीर्तिमान उनले भङ्ग गर्न सफल भए।
उनी मात्र १५ वर्षको छंदा सन् २००० को ग्रीष्मकालिन ओलम्पिकमा छनोट भएका थिए। उनी छनोट मात्र भएका थिएनन् , पछिल्लो ६८ वर्ष पुरानो कीर्तिमान तोड्दै ओलम्पिकमा छनोट हुने उनी सबैभन्दा कान्छो पुरुष खेलाडी समेत बनेका थिए। यधपि उक्त ओलम्पिकमा भने उनले एउटा पनि पदक जित्न सकेनन्। तर उनले हार मानेनन्। आत्मबिश्वास बलियो बनाएर उनले अभ्यासलाई जारी नै राखेका थिए।

२००४ देखि जितको शुरूवात
फेल्प्सले सन् २००४ को ग्रीष्मकालीन (समर) ओलम्पिकदेखि जितको सुरुवात गरेका हुन्। जहाँ उनले ६ स्वर्ण र २ काश्य गरी कुल ८ पदकमा आफ्नो नाम लेखाउँदै अन्य धेरै पुराना कीर्तिमानहरू समेत भंग गरेका थिए।
सोही ओलम्पिकको एक प्रतिस्पर्धामा उनी आफ्नो बाल्यकाल छंदाको हिरो इयान थोर्पसँग पनि प्रतिस्पर्धा गरिरहेका थिए। यसबाट प्रभावित बनेको मीडियाले इयान थोर्पसँग के यसपटकको ओलम्पिकको नतिजा देख्दा फेल्प्सले आगामी ओलम्पिकमा सबै स्वर्ण पदक जितेर इतिहास रच्न सक्ला त भन्ने प्रश्न समेत गरेका थिए। जसको उत्तरमा थोर्पले यो असम्भव भएको र फेल्प्सले यस्तो गर्न नसक्ने बताएका थिए।

जब यो कुरा फेल्प्सले पनि थाहा पाए, त्यसपछि भने उनले आगामी ओलम्पिकको सबै स्वर्ण आफ्नो नाममा लेखाउने मनमनै संकल्प गरेका थिए। त्यसपछाड़ी संकल्प साकार पार्न उनले आफ्नो अभ्यासको समयअवधि बढाउँदै लगे। उनले बिदाको दिनमा समेत अभ्यासलाई निरन्तरता दिएका थिए।

ओलम्पिक अघि हात फ्रेक्चर
सन् २००८ ओलम्पिक सुरु हुनुभन्दा दुई वर्ष अघि फेल्प्सको दायाँ हात भाँचिएको थियो। जसका कारण चिकित्सकले उनलाई आफ्नो हात पहिले जत्तिकै रफ्तारमा नचलाउन सुझाव दिएका थिए। यो कुराले फेल्प्सलाई चिन्तित बनाउन सक्थ्यो, तर त्यस्तो केहि भएन। त्यसपछि फेल्प्सले पहिलेको तुलनामा दोब्बर अभ्यास गर्न थाले। यसपटक उनले आफ्नो हातमा भन्दा खुट्टामा बढी ध्यान दिए। उनले आफुलाई यसरी तयार पारे की सन् २००८ को ओलम्पिकमा पुराना सबै कीर्तिमान तोड्ने क्रममा उनले पौडीको सबै स्पर्धा जितेर इतिहास नै रच्न सफल भए।

फेल्प्सले सन् २००८ को ओलम्पिकमा मार्क स्पिट्जको ७ स्वर्ण पदकको कीर्तिमान तोड्दै कुल ८ स्वर्ण आफ्नो नाममा लेखाए। त्यसपछि पनि फेल्प्सले सन्तोष मानेन्। सन् २०१२ को लन्डन ओलम्पिकमा पनि उनले ४ स्वर्ण र २ रजत पदकमा आफ्नो नाम लेखाए।

दुई पटक लिए सन्यास
सन् २०१२ को ओलम्पिकपछि उनले सन्यासको घोषणा गरेका थिए। तर उनले आफ्नो जीवनमा स्विमिंगलाई यति धेरै महत्व दिइसकेका थिए की अब यो खेलबिना उनी बस्न सकीरहेका थिएन। जसको कारण सन् २०१४ मा उनले आफ्नो सन्यास फिर्ता लिएका थिए। सन्यास फिर्ता लिएको घोषणा गरेपछिको दुई वर्षसम्म उनले पुनः पौडी पोखरीमा कडा मेहनत गरे। कडा मेहनतकै बलमा उनले सन् २०१६ को रियो ओलम्पिकको यात्रा गरे। अनि त्यहाँ पनि ५ स्वर्ण पदक आफ्नो नाममा पारे। योसंगै उनी सहभागी ४ ओलम्पिकमा उनले कुल २३ पदक जितेर ओलम्पिकको कुनै पनि खेलमा सबैभन्दा बढी स्वर्ण जित्ने विश्व कीर्तिमान बनाए।

सन् २०१६ को रियो ओलम्पिकपछि भने फेल्प्सले पुनः सन्यासको घोषणा गर्दै पौडीबाट विदा भए। फेल्प्सले अहिले आफ्नो नाममा माइकल फेल्प्स फाउण्डेशनको स्थापना गरेका छन्। जहाँ पानी देखेर डराउने रोग (एडीएचडी) बाट ग्रस्त करीब १५ सय अमेरिकीको बालबालिकाहरूलाई पौडी प्रशिक्षण गराईन्छ।

प्रतिक्रिया दिनुहोस्