एन्फा केन्द्रीय समितिको निर्वाचन हुने पक्का



काठमाडौं । एक महिनाभन्दा बढीको अन्योलपछि अन्ततः अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय समितिको निर्वाचन हुने पक्का भएको छ। यसअघि तय भएको निर्वाचन रोक्न पाटन उच्च अदालतले दिएको अन्तरिम आदेश बुधबार खारेज भएसँगै निर्वाचन हुने पक्का भएको हो।

एन्फाले आगामी बैसाख २२ मा निर्वाचनका लागि तयारी थालेको छ। ुहामीले अन्तरिम आदेश खारेज भएको पत्र हिजो साँझ पाएका छौं। योसँगै निर्वाचनको विषयमा देखिएको अन्योल हटेको छ। एन्फा सचिवालयले हिजैदेखि निर्वाचन प्रक्रिया थालेको छ, एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठले भने।

प्रतिक्रिया दिनुहोस्