जयबहादुर चन्दको मुद्दा खारेज



काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्ति सम्बन्धमा नेपाल प्रहरीका तत्कालीन एआइजी जयबहादुर चन्दले दायर गरेको मुद्दा खारेज भएको छ। चन्दले अवकाश पाएपछि मुद्दाको टुंगो लागेको हो।

आफ्नो नियुक्तिलाई सरकारले खारेज गरी अर्काे गैरकानुनी नियुक्ति भएको भन्दै चन्दले गत भदौमा सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए। सर्वाेच्चका न्यायधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलाशले बिहीबार रिट खारेज गरेको हो।

सरकारले २०७३ फागुन १ गते उनलाई महानिरीक्षकमा बढुवा गरेको थियो। सोही दिन सर्वाेच्चले सो निर्णय कार्यान्वायन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको थियो। एक महिनापछि सो निर्णय खारेज गर्दै कार्यसम्पादन मूल्यांकन आधारमा बढुवा गर्न सर्वाेच्चले परमादेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्