गौतमबुद्धको मावलीगाउँमा पहिलो पटक बुद्ध जयन्ती मनाइदै



यमलाल भुसाल, बुटवल । विश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्धको मावलीगाउँ रुपन्देहीको देबदहमा पहिलोपटक औपचारिकरुपमा २५६२ औं बुद्ध जयन्ती मनाइने भएको छ ।

वैशाख १५ गते देवदह नगरपालिका पर्यटन प्रबद्धन तथा बिकास समितिको आयोजना र लुम्बिनी बिकास कोषको सहयोगमा २५६२ औं बुद्ध जयन्ती मूल समारोहको आयोजना गरिने भएकोे हो ।

कार्यक्रमवारे जानकारी दिन विहिवार आयोजित पत्रकार सम्मेलनमा भवानीपुरमा हुने समारोहमा संस्कृती मन्त्री रबिन्द्र अधिकारीको मुख्य आतिथता रहने देवदह नगरपालिका प्रमुख तथा पर्यटन प्रबद्धन तथा बिकास समितिका संयोजक हिराबहादुर केसीले बताउनु भयो ।

‘हामी देबदहको एकीकृत बिकासको निम्ति लागिरहेका छौं,आजसम्मका हाम्रा प्रयासलाई सार्थक बनाउनका लागि नगरपालिकाले महत्वकांक्षी योजनापनि अघि सारेको छ ।’ केसीले भन्नु भयो ।

देबदहको ऐतिहासिक, धार्मिक सामाजिक र पर्यटकीय महत्वलाई थप उजागर गर्ने र बुद्ध मावलीको बिकासका लागि यस्तो कार्यक्रम फलदायी हुेन केसीको भनाइ छ ।

लुम्बिनी र यससँग जोडिएका रुपन्देहीको देबदह, नवलपरासीको रामग्राम तथा कपिलबस्तुको तिलौराकोटको एकीकृत बिकास गर्नुपर्ने उहाँको धारणा छ ।

भगवान गौतमबुद्धको जन्म स्थल लुम्बिनीबाट ५७ किलोमिटर पूर्वमा रहेको रुपन्देहीको देबदह बुद्धकी आमा मायादेबी, सानीआमा प्रजापति र धर्मपत्नी यशोधराको माइति स्थल समेत हो ।

प्रतिक्रिया दिनुहोस्