कम्मर दुख्ने समस्या छ ?



काठमाडौ । अचेल प्रायलाई कम्मर दुख्ने समस्या हुने गरेको छ । समस्याबाट पुरुष भन्दा महिला बढी पीडित छन् । महिलाहरु बढी निहुरिएर काम गर्ने, भारी बोक्ने, सन्तुलित तरिकाले नबस्ने र लामो समयसम्म बसिरहने भएकोले कम्मर दुख्ने गर्दछ । निम्न उपाय अपनाए कम्मर दुखाइ कम हुन सक्छ ।

१. पीपलको पात र मेथीको पाउडर मनतातो पानीमा घोलेर खाने ।

२. मेथीको साग खानुहोस् ।

३. सुत्ने बेलामा एक चम्चा लसुनको रस एक गिलास मनतातो पानीमा घोलेर खाने ।

४. जाइफलको पाउडरलाई तिलको तेलमा मिसाएर मालिस गर्ने ।

५ राति गँहुलाई पानीमा भिजाएर बिहान पप्पी फूलको बिऊ र धनियासँग पिसेर दूधमा मिसाएर खाने

प्रतिक्रिया दिनुहोस्