फेसबुकको नाफा ५० प्रतिशतले बढ्यो



एजेन्सी । सामाजिक सञ्जाल फेसबुकको नाफा यस बर्षको पहिलो त्रैमासिकमा करिब ५० प्रतिशतले बढेको छ ।

गतबर्षको पहिलो ३ महिनामा ८ अर्ब डलर कमाएको फेसबुकले यसबर्षको ११ अर्ब ९ करोड डलर नाफा कमाएको कम्पनीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

हालै केही समस्याको सामना गर्नुपरे पनि फेसबुकको व्यापारले वर्षको सुरुवातमै बलियो आम्दानी गरेको फेसबुकका कार्यकारी निर्देशक मार्क जुकरबर्गले बताएका छन् । जुकरबर्गले फेसबुकले आफ्नो जिम्मेवारी पुर्णरुपले निभाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्