कुशीनगरमा रेल दुर्घटना हुँदा १३ विद्यार्थीको मृत्यु



भारत । उत्तर प्रदेशको कुशीनगरमा  विहीबार बिहान रेल दुर्घटना हुँदा १३ जना विद्यार्थीको मृत्यु भएको छ । विद्यार्थी बोकेको भ्यानलाई रेलले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न सकेकेको छैन ।

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतक परिवारलाई २, २  लाख रूपैयाँ राहत दिने र घाइतेको उपचारको व्यवस्था गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्