चरीकी ‘गर्लप्रेन्ड’ खुश्वु ओलीको प्रचण्डसँग कनेक्सन



काठमाडौं । डन दिनेश अधिकारी चरीसँगको प्रेम सम्बन्धका कारण चर्चामा रहने गरेकी २००६ मिस टिन खुश्वु ओली आजभोली काठमाडौंमा छिन् । बेलामौका बेलायत जान्छिन् । र, बालबालिकाका लागि सेल्टर भन्ने एनजिओ चलाउँछिन् ।

०७१, २ साउनमा चरी इन्काउन्टरपछि बेलायत पुगेकी खुश्वु त्यति बेला ठूलो चर्चामा आइन् जतिबेला उनले चरीको गैरन्यायीक हत्या भएको शंखघोष गरिन् । ‘सेल्टर’ नामको एनजीओ चलाएकी खुश्वुले चरी हत्यामा उनका साथी मानिने अर्पण कोइराला र प्रहरी अधिकार इन्काउन्टर स्पेशलिष्ट कुमोद ढुङ्गेलको रणनीतिक योजना रहेको दाबी गरेकी थिइन् ।

चरीको इन्काउन्टर गर्दा ढुंगेल इन्स्पेक्टर थिए । नेपाल प्रहरीमा इन्काउन्टर स्पेसलिष्ट मानिने ढुंगेलले पछिल्लो पटक रुपन्देहीका डन मनोज पुनलाई पनि गोली ठोकेका थिए ।

खुश्वुको राजनीतिक सम्बन्ध बलियो रहेको घटनाक्रमले देखाइरहेको छ । लन्डननिवासी सन्तोष कार्कीसँग विवाह गरिसकेकी खुश्वुले गएको माघमा मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी थिइन् । बालबालिकाको सुरक्षाको विषयलाई लिएर नै प्रचण्डसँग उनको भेट भएको थियो ।

एनजिओको सहयोगका लागि खुश्वुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गर्दै आएकी छन् । प्रधानमन्त्री ओलीसँग उनको समय–समयमा सम्पर्क समेत हुँदै आएको छ ।

अहिले सामान्य जीवन बिताउनका लागि मिडियामा नआएको बताउने खुश्वु चरी प्रकरणलाई सम्झन पनि चहान्न् ।

फाइल तस्बिर

४ वर्ष अघि मारिएका डन चरीले खुश्वुको सेल्टरलाई सहयोग गर्दै आएका थिए । उनीहरूको चिनजान चरी मारिनु डेढ वर्ष अघि भएको थियो । खुश्वुले त्यसबेला एउटा अखबारलाई दिएको अन्तरवार्तामा नै यो स्वीकार गरेकी छन् । र, उनले भनेकी थिइन्,‘उहाँले मेरो सेल्टरलाई सहयोग गर्नु भएको छ ।’

परिवारले पनि चरीलाई मन पराएका कारण पारिवारिक सम्बन्ध रहेको उनले स्वीकारेकी थिइन् । लभ अफेयर नभएको दाबी गर्दै उनले आफुले चरीलाई मन पराउनेचाहीँ स्वीकारेकी थिइन् ।

साउनमा मारिएका चरीसँग उनले असोजमा इन्गेजमेन्टको तयारी गरेकी थिइन् । उनले चरीको अपराध कर्मलाई सत्कर्ममा बदल्न सकिने बताएकी थिइन् । रत्नाकर डाँकुसहित विश्वका कुख्यात अपराधी पनि सत्कर्ममा लागेको उदाहरण दिएर चरी सप्रिन थालेको उनले बताउँदै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्