कास्टिङ काउचको विरोधमा नग्नता प्रदर्शन



हालैको एकाबिहानै भारतको हैदरावादको फिल्म नगरस्थित तेलगु फिल्म चेम्बर अफ कमर्सको अफिसबाहिर एक अनौठो दृश्य देखियो। यो दृश्य एकदमै सनसनीपूर्ण त्यति बेला बन्न पुग्यो, जब तेलगु फिल्मकी संघर्षरत अभिनेतृ श्री रेड्डीले खुलेआम आफूले लगाएका कपडा एक–एक गरी फुकाल्न थालिन्।

उनको यो हरकत हेर्न दर्शकको भीड लागेको थियो भने उनको भिडियो पनि क्यामेरामा कैद भइरहेको थियो। तर, उनी यी सबैको परवाह नगरी आफ्नो काममा लागिरहेकी थिइन्। तेलगु फिल्ममा भइरहेको कास्टिङ काउचको विरोधस्वरूप उनले अर्धनग्न भएर प्रदर्शन गरेकी हुन्। तेलुगु फिल्ममा फैलिरहेको कास्टिङ काउचको विरुद्धमा शुरुदेखि नै विरोध गर्दै आएकी उनले आफूलाई पनि केही फिल्म निर्माता तथा निर्देशकले शारीरिक शोषण गरेको ेसमेत खुलासा गरेकी छिन्। उनलाई मुभी आर्टिस्ट एसोसियसनले अहिलेसम्म सदस्यता दिएको छैन। जब कि उनले तीनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छिन्।

उनले केही निर्माता तथा निर्देशकले फिल्ममा रोल दिनुभन्दा अघि आफ्नो नग्न फोटो तथा भिडियो मागेको र आफूले त्यो माग पूरा गरेको समेत बताएकी छिन्। केहिले त लाइभ न्युड भिडियोको डिमान्ड गरेर भिडियो हेरे पनि फिल्म खेलाउने वाचा पूरा नगरेको उनले बताएकी छिन्।

उनले आरोप लगाएकी छिन् कि फिल्ममा रोल माग्ने अधिकांश युवतीलाई यस्तै किसिमको व्यवहार गरिन्छ, नत्र भने रोल नै दिइँदैन। ‘अधिकांश फिल्ममा मुम्बईका युवतीलाई मात्र रोल दिइन्छ। यदि तेलगु युवतीलाई काम दिइयो भने पनि काम दिएको बदलामा यौन शोषण गरिन्छ।’ –उनले भनेकी छिन्। उनी फिल्म चेम्बरको अगाडि आफूले लगाएको कुर्ता सुरुवाल क्यामेराकै सामने खोलेर टपलेस भएकी थिइन्। उनले आफ्नो कुरा राख्न यही सही तरिका लागेको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्