१४ वर्षीय बालकले देउता प्रकट हुन्छन् भनेपछि हेर्नेहरुको घुंईचो



सरिता चलाउने, सल्यान ।

सल्यानको सदरमुकाम खलंगा निवासी १४ वर्षीय बालक विजय रानाले बुघवार दिउसो ठीक १२ बजे यहां जमिन मुुनिबाट देउता प्रकट हुन्छन् भनेपछि देउता हेर्न त्यहाँ मान्छेहरुको घुईचो लाग्यो । शारदा नगरपालिका –२ डाँडागाँउ देखी अल्ली तल्लो पटि बारीको माथितिर सानो गुफा आकारको जमिन मुनिबाट देउता आउछन् भनेर हेर्न पुगेका स्थानीय कति खेर देउता आउछन् भनेर हेरी रहे ।

दिउसो ठिक १२ बजे त्यहाँ त्यो बालक सहित अन्य केहीले जमिन खन्न थाले केही समय पछि त्यहाँबाट दुई वटा ढुंगारुपी देउता प्रकट भए । एउटा अलि सानो आकारको ढुंगा जस्मा गाईको मुखाकृति देख्न सकिन्थ्यो भने अर्को पहिलो भन्दा अलि ठुलो ढुंगा जस्मा अस्पष्ट रुपमा केही आकृति रहेको थियो ।

यहाँ देउता छन् भन्ने कुरा मलाई सानोदेखीनै सपनामा आउने गथ्र्यो देउता पत्ता लगाएको दावी गर्ने १४ वर्षीय बालक विजयले भने–‘सपनामा एउटा बाबा आउनुहून्थयो र मलाई यहाँ देउता छन् भनेर भन्ने गर्नुहुन्थ्यो ।’ बाबाले सपनामा भनेको कुराको विश्वास मानेर म यहाँ दैनिक आउने गथ्र्ये र हेथ्यें तर केही पनि भेटिन ।

करिब डेढ महिना अघि म यहाँ दिउसो दुईबजे तिर आउदा देउतानै भएको महसुस गरे । तर बाबाले भन्नुहुन्थ्यो यहाँ देउता छन भन्ने कुरा सबैलाई विश्वास दिलाउनु पर्छ । त्यसैले उतिबेला कसैलाई भनिन् । त्यसपछि मैले मनको शान्तीका लागी नजिकै रहेको पीपलबोट मुनि गएर ध्यान पनि गर्न थाले अनि मनले नमाने पछि केही दिन पपिहलानै यहाँ देउता छन् भनेर बताएँ ।

अब यहाँ कुनै तामझाम नगरि एउटा सानो मन्दिरको निर्माण गर्ने छौं ति बालकले भने देउतालाई धन सम्पतिको कुनै पनि माया मोह नहुने भएकाले सानै गरिब झुपडी रुपी मन्दिरमा राख्ने योजना छ । मन्दिर स्थापना पछि यहाँपुजा आजा गर्नपनि सजिलो हुने उनले बताए ।

दिउसो १२ बजेको समयमा देउतालाई खनेर बाहिर निकालियो अनि त्यहाँ दर्शन गर्न गएकाहरु कसैले समाएर ,कसैले टाढैबाट ढुंगा रुपी देउताको दर्शन गरि प्रशन्न भए । कतिले कुरा काट्न थाले हैन हामीलाई त्यसै भ्रममा पारियो यस्ता पनि देउता हुन्छन् । देउतानै हुन भने त आफ्नै पो उत्पति हुनु पर्ने हो ।

यसरी अरुले खन्ने अनि बाहिर ल्याएर सबैको हातहातमा पार्ने हामीलाई त विश्वास लागेन् । तर पनि देउता हेर्नेको भीड बढ्न थालेको थियो । कोही भने विश्वासनै नमानी घर तिर लागे । घटना चाहे जेहोस् त्यहाँ बेलुकासम्म मान्छेहरु देउता हेर्न भनेर जाने आउने क्रम जारीनै रह्यो ।

देउता उत्पन्न हुन थाले भनेर हल्ला चलेपछि सो स्थानमा एक हप्ता अघिदेखीनै फाटफुट रुपमा मानिसहरु आउने जाने क्रम शुरु भएको स्थानीय ४५ वर्षीया कमला राज गुरुले बताईन् । यस्तैयस अघि देउता खोज्ने ति बालकको दुई तिन वटा रुप आफुले प्रत्यक्ष देखेको स्थानीय सन्जय सिंले बताए ।

प्रतिक्रिया दिनुहोस्