खराब प्रदर्शनपछि दिल्लीका कप्तान गौतम गाम्भीरले दिए राजीनामा



काठमाडौँ । दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गाम्भीरले कप्तानी छोडेका छन्। हालै चलिरहेको आइपिएलमा टोलीको एकपछि अर्को खराब प्रदर्शन गरिरहेको कारणले उनले कप्तानी छाडेको बताइएको छ । दिल्ली डेयरडेभिल्सले उनको स्थानमा श्रेयस ऐय्यरलाई कप्तान नियुक्त गरिएको छ।

बुधबार फिरोज शाह कोटला मैदानमा पत्रकार सम्मेलनमा बोल्दै गाम्भीरले कप्तानी छोड्ने निर्णय गरेका हुन् ।

दिल्ली डेयरडेभिल्समा नेपालका क्रिकेटर सन्दीप लामीछाने पनि संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्