पेट्रोल चुहावट नियन्त्रण गर्न लकिंङ्ग सिस्टम



नेपाल समाचारपत्र
काठमाडौं

पेट्रोलियम पदार्थको ढुवानीमा हुने चुहावट नियन्त्रणको लागि टंयाङकर लकिंङ्ग सिस्टम जडान गरिएको छ ।

नेपाल आयल निगमले गत महिना झापा बाट सुरु गरेको टंयाङकर लकिंङ्ग सिस्टमलाई दोस्रो चरणमा सोमबार भैरहवा नाका बाट आयत हुने वेतालपुरमा पेट्रोलियम टंयाङकरमा लकिंङ्ग गरेको निगमका प्रवक्ता वीरेन्द्र गोहीतले जानकारी दिनुभयो ।

लकिङ संगै इन्धन ढुवानी गर्दा बाटोमा हुने चुहावट नियन्त्रण हुने छ ।निगमले भारतीय आयल निगको संयुक्त सहकार्यमा लकिंङ्ग सिस्टमको शुरुवात गरेको हो ।

निगमले बिहीबार नेपाल नेपालगञ्ज नाकामा पनि लकिंङ्ग सिस्टम जडान गरिने निगमका निमित्त प्रमुख सुशील भट्टराईले जानकारी दिनुभयो । अवको १ हप्तामा नै बरौनी नाकाबाट आयत हुने रक्सोल नाकामा पनि लकिंङ्ग सिस्टम जडान हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्