सिपमुलक कार्यक्रमले ग्रामिण तथा विपन्न समुदाय लाभान्वित



नेपाल समाचारपत्र, काभ्रे ।
घरेलु तथा साना उद्योग कार्यालयले लघु उद्यम विकास कार्यक्रम संग समन्वय गरी विशेष ग्रामिण तथा विपन्न समुदायलाई लक्षित गरी विभिन्न सिप मुलक सेवामुलक र उद्यमशिलता सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आईरहेको छ ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत न्युन आय भएका व्यक्तिहरुलाई यस्ता सिप विकास मुलक तथा उद्यमशिलता मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । आर्थिक अवस्था न्युन भएका व्यक्तिहरुलाई विभिन्न सिप तालिम प्रदान गरी आयआर्जन मुखी बनाउदै आएको छ । ग्रामिण भेगका मानिसहरु सिप तालिम मार्फत सानोतिनो व्यवसाय निरन्तर सञ्चालन गरी व्यवसायमुखी बन्दै आएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयले हाल नेपालमा भईरहेको गतिशिल अवस्थालाई मध्येनजर गर्दै विभिन्न सिपमुुलक तथा सेवामुलक तालिमहरु प्रदान गरी देशमा लघु ,साना तथा मझौला उद्यमीहरु उत्पादन गर्ने उद्देश्यले उनीहरुले गदै आएको उद्योग व्यवसायलाई दर्ता ,नामसारी, ठाउसारी , खारेजी , तथा नवीकरण जस्ता कार्य गर्न सहयोग पु¥याउदै आएको छ । साथै, यसले उद्योगहरुलाई प्राथमिकिकरण गरी प्रविधि प्रदान गर्नुको साथै सिप विकासका कार्यक्रम पनि सञ्चालन गदै आएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयले स्थानिय स्रोत परिचालन गरी स्थानिय स्तरमा स्थानिय कच्चा पदार्थको तथा स्थानिय सिपको परिचालन गरी व्यवसायमुखी बनाउन सहयोग गरेको छ । जिल्लामा यस कायर्यालयबाट विभिन्न सिप विकाससम्बन्धी तालिम सञ्चालन गरिरहेको छ । पनौती नगरपालिकाको वडा नं. ७ मा बुटिक सम्बन्धी तालिम सञ्चालन हुदै आईरहेको छ ।

बुटिक भरेका कपडाहरु अहिलेको समयमा बढ्दो माग रहेको छ । बजार र समयको मागमा आधारित भएको हुँदा यस व्यवसायिक बुटिक तालिम गृहिणी महिलाहरुमा सञ्चालन गरिएको हो । रोशी गाउपालिका ७ रघुचौरमा घरेलु तथा साना उद्योग कार्यालय आयोजनामा र ग्रामिण महिला परिषदको समन्वयमा सञ्चालन भएको १० दिने उद्यमशिलता विकास तालिम पनि सम्पन्न भएको छ ।

उद्यमशिलताकै क्रममा पाचखाल नपा ७ पिपलटारमा पनि १० दिने उद्यमशिलता तालिमले उद्यमी बनाउनको लागि सहयोग पु¥याएको छ । विभिन्न ठाउमा आयोजना गरिएको सिलाई कटाई तथा बासको मुडा बनाउने तालिमले पनि ग्रामिण महिलाहरुलाई उद्यमशिलता बन्न सहयोग पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्