बलात्कारी आसारामलाई जन्मकैदको सजाय



काठमाडौं । जोभपुरको विशेष अदालतले नाबालिग बलात्कारमा आसाराम बापूलाई आजीवन कैदको सजाय सुनाएको छ । आसाराम अहिले ७७ वर्षका भए । अदालतले बुधबार बलात्कारको मुद्दामा उनलाई दोषी ठहर गरेको थियो ।

शिल्पी र सरदारलाई २०९२० वर्ष जेल सजाय सुनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । आराराममाथि २०१३ मा आफ्नै आश्रममा १६ वर्षकी किशोरीको बलात्कार गरेको आरोप थियो । किशोरीका आमाबुबा आसारामका भक्त थिए ।

एक दिन स्कुलमा किशोरी लडेपछि बाबुआमाले उनलाई आश्रममा लिएर गए । त्यही आश्रममा आसारामले किशोरीलाई बलात्कार गरेको प्रहरीले बताएको छ । १५ अगष्ट २०१३ मा बलात्कृत भएकी किशोरीले पाँच दिनपछि प्रहरीमा उजुरी दिएका थिए । आशाराम इन्दौरबाट पक्राउ परे । उनी अहिले पनि प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्