योजना आयोगको उपाध्यक्षमा कँडेल



काठमाडौं, (नेस)
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राडा पुष्प कँडेललाई नियुक्त गरेको छ।

नेकपा एमाले केन्द्रीय लेखा आयोगका अध्यक्ष कँडेल अर्थविद् हुनहुुन्छ । कँडेल २०४९ सालमा पहिलोपटक पार्टीको आन्तरिक लेखा प्रणालीलाई व्यवस्थित गर्न बनेको केन्द्रीय लेखा आयोगमा सदस्य भएयता निरन्तर पार्टीको केन्द्रीय तहमा जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

त्यसै गरी योजना आयोगको सदस्यहरुमा डा. कृष्णप्रसाद ओली, प्राध्यापक उषा झा, डिलबहादुर गुरुङ, इन्जिनियर सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाललाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्