एनएमबी माइक्रो फाइनान्सको प्रमुख कार्यकारीमा चौधरी



काठमाडौं, (नेस)
एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदमा फनिलाल चौधरी नियुक्ति हुनुभएको छ । वित्तीय संस्थाको केन्द्रीय कार्यालय, पोखरा लेखनाथ महानगरपालिका–२५, हेम्जा कास्कीमा आयोजित एक स्वागत कार्यक्रमका बीच उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

प्रमुख कार्यकारी अधिकृत चौधरी नेपाल राष्ट्र बैंक, पूर्वाञ्चल ग्रामीण विकास बैंक लिमिटेड (हालको नेपाल ग्रामीण विकास बैंक), नेरुडे लघु वित्त विकास बैंकलगायतमा काम गरेको २६ वर्षको अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्