सांग्रिला डेभलपमेन्ट बैंकले ११ दशमलब ८० प्रतिशत लाभांश दिने



नेपाल समाचारपत्र
काठमाडौं
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई ११.८०५ लाभांश वितरण गर्ने भएको छ । गत आव २०७३÷७४ को नाफा नोक्सान हिसाब बाँडफाँड तथा अन्य वितरण योग्य कोषमध्येबाट चुुक्ता पुँंजी रु. २ अर्ब ४४ करोडको २ दशमलब ५०५ बोनस शेयर तथा ९ दशमलब ३०५ नगद लाभांश वितरण गर्न लागेको हो ।
आफ्ना शेयरधनीलाई विकास बैंकको कायम रहेको १ अर्ब ३५ करोड चुुक्ता पुँजीमा बाह्रौं साधारणसभाबाट पारित १० बराबर ८ कित्ता (१०ः८) प्रति कित्ता रु. १ सय दरको हकप्रद शेयर निष्काशन पश्चात् चुुक्ता पुँजीबाट सो लाभांश वितरण गर्न लागिएको हो ।

बैंकको वैंशाख १० गते बसेको सञ्चालक समितिको २०३औं बैठकले निर्णय पारित गरी अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको थियो । सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात् वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने नायव प्रमुुख कार्यकारी अधिकृत दिनेश थकालीले बताउनुभयो ।

बैंकले चालु आव २०७४÷७५ को चैत्र मसान्तसम्म रु. १४ अर्ब ७६ करोड निक्षेप संकलन, १४ अर्ब कर्जा प्रवाह गरी रु. ३९ करोड ३९ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ भने निस्क्रिय कर्जा अनुपात ०.७० प्रतिशत छ । कुल ३६ वटा शाखा कार्यालय रहेको विकास बैंकले चालू आव मा सातवटै प्रदेशमा गरी थप २२ वटा शाखाहरु सञ्चालन गर्न नेपाल राष्ट्रबाट स्वीकृति प्राप्त गरेको थियो । त्यसमध्ये हालसम्म ४ वटा शाखाहरु सञ्चालनमा आइसकेको तथा अन्य शाखासमेत निकट भविष्यमै सञ्चालनमा ल्याउने नायव प्रमुुख कार्यकारी अधिकृत थकालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्