सानिया मिर्जा आमा बन्दै



नयाँ दिल्ली, (एजेन्सी)
भारतीय टेनिस सुन्दरी सानिया मिर्जा चाडै नै आमा बन्दै छिन्। उनले आफ्नो ट्विटरमार्फत एउटा तस्वीर सेयर गर्दै उक्त कुराको खुलासा गरेकी हुन्। सानियाले ३द्यबदथःष्चशबःबष्पि ≈यास ट्याग लेख्दै एउटा आकर्षक तस्वीर पनि सेयर गरेकी छन्। जसमा एउटा टी–सर्टमा मिर्जा तथा अर्को टी–सर्टमा मालिक लेखिएको छ। बीचमा भने एउटा अर्को टी–सर्ट छ, जसमा मिर्जामलिक लेखिएको छ। तस्वीर सेयरसँगै सानिया दम्पत्तिले अनगिन्ती बधाई पाउन थालेका छन्।

हालसालै सानियाले गोवा फेस्ट २०१८ मा लैंगिक असमानतासँग सम्बन्धित एउटा कार्यक्रममा बोल्ने क्रममा आफ्नो निजी जीवनका कुरा बाँडेका थिए। उनले भने– ‘म तपाईहरूलाई एउटा राजको कुरा बताउँछु। मेरो श्रीमान् र मैले जब हाम्रो सन्तान हुन्छ, उसको थर मिर्जा मलिक राख्ने तय गरेका थियौं। उहाँ पनि एकजना छोरी नै चाहन्छन्।’

सानियाका अनुसार, ‘कयौं पटक हाम्रा नातेदारले अभिभावकलाई वंश अघि बढाउन १ जना छोरा पनि चाहिन्छ भन्ने गथ्र्यो। सानियाले भनिन– ‘हामी दिदीबहिनी मात्र छौं र हामीले कहिल्यै घरमा भाइ पनि मिलोस् भनेर इच्छा गरेनौं। मेरो यस्तो विचारका कारण आमाबुवालाई छोरा पनि चाहिन्छ भन्ने तिनै नातेदारसँग धेरै नै झगडा पनि पथ्र्यो। ‘विवाहपछि पनि आफ्नो थर नबदलेको सानियाले बताइन्। उनले अहिले पनि सानिया मिर्जा नै लेख्ने गरेको र यस्तै रहने बताइन्।

प्रतिक्रिया दिनुहोस्