पूर्वराष्ट्रपति बुशको सघन कक्षमा उपचार



वासिङ्टन, (एजेन्सी)
अमेरिकी पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यु बुशलाई संक्रमणको समस्याको कारण टेक्सासको एउटा अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको छ । एक साता अघि मात्र उनकी पत्नी बारबराको निधन भएको थियो । उनको परिवारका प्रवक्ताले उनलाई सरेको संक्रमण उनको रगतमा फैलिएको तर अहिले उपचार सकारात्मक देखिएको बताएका छन् ।

९३ वर्षीय बुशलाई आइतबार बिहान ह्युस्टनको अस्पतालमा भर्ना गरिएको सञ्चार माध्यमले मंगलबार जनाएको छ । उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाका राष्ट्रपति बनेका थिए ।

उनका पुत्र डब्ल्यु बुश पनि राष्ट्रपति बनेका थिए । आफ्ना पति र पुत्र दुवैले अमेरिकी राष्ट्रपति पदको शपथ ग्रहण गरेको देखेकी पूर्व प्रथम महिला बारबराको गत मंगलबार निधन तथा बिहीबार अन्त्येष्टि भएको थियो । बारबराले एच डब्ल्यु बुशसँगको ७३ वर्ष लामो दाम्पत्य जीवन पार गरेकी थिइन् ।

उनको निधनमा बुशले भनेका थिए– ‘हामीलाई स्वर्गको विश्वास छ, हामीलाई थाहा छ जीवन निरन्तर चलिरहन्छ र बारबराले स्वर्ग प्राप्त गर्नेछिन् । त्यसैले तपाईंहरूले आफ्नो चिन्ताको सूचीबाट बुश परिवारलाई हटाउनुभए हुन्छ ।’
अमेरिकाको ४१औं राष्ट्रपति बन्नुअघिसम्म रोनाल्ड रेगनको कार्यकालमा आठ वर्षसम्म उप–राष्ट्रपति रहेका थिए । उनको दुई कार्यकालमा पूर्वी युरोपमा साम्यवाद पतन भएको थियो ।

पहिलो इराक युद्धको दौरान कुवेतमाथिको इराकी राष्ट्रपति सद्धाम हुस्सेनको कब्जाको अन्त्यका लागि बनाएको अन्तर्राष्ट्रिय फौजी गठबन्धन सफल भएको थियो । तर तत्कालीन मत सर्भेक्षणअनुसार लोकप्रियताको स्तर ९० प्रतिशत पु¥याए पनि घरेलु मामिलालाई बेवास्ता गरेको आरोप लगाइएका बुश सन् १९९२ को राष्ट्रिपतीय निर्वाचनमा बिल क्लिनटनबाट पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्