पूजा भट्टले अमिताभको आलोचना गरेपछि…



जम्मको कठुआमा भएको ८ वर्षीया बालिकाको बलात्कार प्रकरणमा बलिउडका बिग बी अमिताभ बच्चनले केही नबोलेको विषयलाई लिएर गरेको आलोचनात्मक ट्विटका कारण बलिउड अभिनेतृ पूजा भट्ट ट्रोल भएकी छिन्। ट्रोलर्सले उनको मदिरा पिउने लतलाई निसाना बनाएका छन्।

पूजाले यो ट्रोलप्रति जवाफ दिँदै भनेकी छिन्– ‘म मदिराको लतबाट मुक्त छु र मलाई यसप्रति गर्व छ।’ वास्तवमा अमिताभ बच्चनलाई कठुआ रेप केसप्रति कुनै कमेन्ट नगरेकाले आलोचनाको शिकार हुनुपरेको थियो। उनको आलोचकमा बलिउड अभिनेतृ तथा फिल्ममेकर पूजा भट्ट पनि सामेल थिइन्। ‘मलाई पिंकको याद आइरहेको छ। के स्क्रिनमा हाम्रो जुन इमेज हुन्छ, वास्तविक जीवनमा देख्न सकिन्छ?’ –पूजाले ट्विटमा लेखेकी थिइन्। उनको यो ट्विट कतिपय फ्यानलाई मन परेन र उनी ट्रोल हुन पुगिन्।

‘जानीमानी जड्याहा पूजा भट्ट, लिजेन्ड अमिताभ बच्चनको नामबाट पब्लिसिटी गर्ने कोशिस गर्दै छिन्’, एक फ्यानले कमेन्टमा लेखेपछि पूजाले जवाफमा लेखिन्– ‘म यसबाट मुक्त जड्याहा हँ र मलाई यसप्रति गर्व छ। एउटा यस्तो देश जहाँका मानिसलाई थाहा पनि हँदैन कि ड्रिंकिङको समस्या छ।

यसबारेमा एक्लै कुरा गर्दा मलाई खुसी छ कि म भीडबाट अलग हुन सफल भएकी छु।’ नवभारत टाइम्सका अनुसार पूजाले २०१६ बाट मदिरा सेवनको लत छोडेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्