नृत्यमा प्रजिता अब्बल



काठमाडौं खेवाङ हातेमालो समाजले सम्राट दाहाल नृत्य प्रतियोगिता गरेको छ। प्रतियोगितामा १० जना प्रतियोगीले भाग लिएका थिए। जसमध्ये प्रजिता दाहाल प्रथम भएकी थिइन् भने गरिमा गौतम दोस्रो र आरुसी गौतम तेस्रो भएकी थिइन्। विजयीहरूलाई क्रमशः ५, ३ र २ हजार रुपियाँ पुरस्कार स्वरूप प्रदान गरिएको थियो।

शान्तिप्रियको शब्द, सन्तोष श्रेष्ठको संगीत र बेगेन्द्र बुढाको स्वरमा बालकलाकार सम्राट दाहालको अभिनय रहेको मलाई मेरै नेपालको माया छ बोलको एउटै गीतमा सबै प्रतियोगीले आफ्नो नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा गोपाल ढकाल ‘छन्दे’ ले हास्यव्यंग्य प्रस्तुत गरेका थिए। एउटै गीतमा प्रतिस्पर्धा गराइएको कार्यक्रम सम्भवतः पहिलो हुन सक्ने सम्राटका फिल्म निर्देशक पिता सुमन दाहालले बताए।

हास्य अभिनेतृ वसुन्धरा भुसालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा निर्देशक रमेश बुढाथोकी, अभिनेतृ क्षितिजा शाक्य, अभिनेता सुमन सिंह निर्णायकको रूपमा रहेका थिए। निर्देशक सुमन दाहालले उक्त राट्रिय गीतको म्युजिक भिडियो अमेरिकामा छायांकन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्