हाईडोथेरापीको माध्यममा उपचार गर्ने अस्पताल संचालनमा



यमलाल भुसाल, बुटवल ।

नेपालकै पहिलो अत्याधुनिक हाईडोथेरापीको माध्यमवाट प्राकृतिक चिकित्सा पद्वतिअनुसार उपचार गर्ने गरी रुपन्ेदेहीको बुटवल ढबाहमा गुराँस अस्पताल स्थापना गरि संचालन गरिएकोे छ ।

प्राकृतिक पद्वतिबाट औषधि विना उपचार गर्नेगरी गुराँस अस्पताल प्रालिले प्राकृतिक चिकित्सा अस्पत्ताल सञ्चालनमा ल्याएको हो ।

उक्त अस्पतालले औपचारिक रुपमा सोमवारदेखि आफ्नो सेवा शुभारम्भ गरेको छ ।

अस्पत्ताल प्रालिले मंगलबार पत्रकार भेटघाट गरी अस्पतालका सेवा सुविधाका वारेमा जानकारी गराएको हो ।

५० बेड रहेको अस्पताल नेपालमा नै पहिलो अपाङ मैत्री अस्पताल भएको अस्पत्तालका कार्यकारी निर्देशक नारायण भुसालले बताउनु भयो ।

प्राकृतिक चिकित्सा पद्वतिबाट हरेक सबै प्रकारका विरामीहरको उपचार गरिने र रोग लाग्नबाट बचाउने गरी औषधि उपचार गरिने उहाँले बताउनु भयो ।

कोलोन हाईड्रो थेरापी कक्ष नेपाल मै पहिलो र अपाङ मैत्री अस्पताल शुभारम्भको अवसरमा २५ प्रतिशत छुटमा उपचार गराईने अस्पतालकी अध्यक्ष सरस्वती भुसालले जानकारी गराउनु भयो ।

आधुनिक प्रविधिबाट भुकम्प प्रतिरोधात्मक भवन सहितको अस्पत्तालमा अत्याधुनिक हाईड्रोथेरापी, शारिरिक थेरापी, इलेक्ट्रो थेरापी मेशिनहरुबाट उपचार गरिने बताईएको छ ।

पांच जनाको ७ करोड २५ लाख लगानीमा अस्पताल सञ्चालन गरिएको कार्यकारी निर्देशक भुसालले बताउनु भयो ।

अस्पताल शुभारम्भको अवसरमा एक महिना सम्म होलवडी चेक जाँच २ हजारमा गरिने र अन्य विभिन्न पद्वतिको उपचारमा २५ प्रतिशत विशेष छुटका साथ उपचार गरिने अस्पत्तालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्