जिल्ला शिक्षा अधिकारीको कुर्सी जलाइयो



हरकसिह धामी, कञ्चनपुर ।
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी अमरपसाद भट्टको कुर्सी जलाएको छ । राष्ट्रिय भर्ना अभियान चलेका बेला निजी विद्यालयमा हुने शैक्षिक विकृति रोक्न शिक्षा अधिकारीले आलटाल गरेको भन्दै क्रान्तिकारीले कुर्सी जलाएर शिक्षा अधिकारी भट्टको नेमप्लेट फोलेका छन ।

क्रान्तिकारीले शिक्षा कार्यालय परिसरमा ल्याएर शिक्षा अधिकारीको कुर्सी जलाएको हो । यस अघि क्रान्तिकारीले १२ मा विद्यालयबाटै कापी कलम बेच्ने निजी विद्यालयमा तालाबन्दी गर्ने, १३ गते शैक्षिक आम हड्ताल गर्ने, १४ गते जिल्ला शिक्षा र प्रशासनमा कालो भण्डासहित प्रर्दशन गर्ने र १५ गतेदेखि स्थानीय सरकार घेराउ गर्ने क्रान्तिकारीले घोषणा गरेर चरणबद्ध आन्दोलनमा उत्रेको थियो ।

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष विरेन्द्र राज विष्टले सरोकारवाला निकाय अवैधानिक निजी विद्यालय बन्द गर्न मनानेपछि बाध्य भएर चरणबद्ध आन्दोलनमा उत्रिएको बताए । ‘शिक्षा कार्यालयकै संरक्षणमा अझै बन्द भएन्न कञ्चनपुरका १ सय २९ निजी विद्यालय, ‘उनले भने, ‘निजी विद्यालयको शैक्षिक विकृती बिरुद्धमा क्रान्तिकारीले संघर्ष गर्छ ।’

अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले शैक्षिक सुधारका लागि शिक्षा कार्यालयसंग पटक–पटक आग्रह गर्दा पनि शिक्षा अधिकारी भट्टले समस्या समाधान गर्नुको साटो लुकेर बसेकाले बाध्य भएर शिक्षा कार्यालयबिरुद्ध आन्दोलन घोषणा गरेको बताए । उनले क्रान्तिकारीले पूर्व घोषित आन्दोलनका कार्यक्रम अनुसार, मंगलबार शिक्षा अधिकारीले कार्यकक्षमै थुन्ने कार्यक्रम थियो ।

तर, शिक्षा अधिकारी कार्यालयमा अनुपथित भएपनि उनको कुर्सी जलाएको सचिव भट्टले स्वीकारे । क्रान्तिकारीले समस्या समाधान गर्नुको साटो आलटाल गर्न लागेको भन्दै आन्दोलनलाई थप सशक्त पार्ने चेतावनी दिएको छ ।

पहिलो चरणका आन्दोलनका कार्यक्रमसम्म माग पुरा नगरेर पुनः दोस्रो चरणमा शसक्त आन्दोलन थाल्ने क्रान्तिकारीको चेतावनी छ । जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले शिक्षा अधिकारी स्थानीय तहमा गईसकेका कारण क्रान्तिकारीले अघि सारेका मुद्दा स्थानीय तहबाटै सम्बोधनमा जोडदिदै शिक्षा अधिकारी कामका लागि बाहिर गएको जनाएको छ ।

विद्यार्र्थी संगठनको आन्दोलनमा अभिभावक शिक्षक संगठनले समेत ऐक्यबद्धता जाहेर गरेका छन । क्रान्तिकारीले शिक्षासंग सरोकारवाला निकायले निजी विद्यालयबाट अवैध अशुल गरेका कारण उनीहरुलाई कार्बाही आलटाल गरेको निष्कर्ष निकालेका छन ।

यसैबीच प्रहरीले घटना लगतै दुई जना क्रान्तिकारीका नेतालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य भीम भट्ट र पूर्वजिल्ला अध्यक्ष सिके भट्टलाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई जिल्ला पहरी कार्यालय कञ्चनपुरमा राखिएको छ ।

घटनाका बारेमा अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । क्रान्तिकारीले विगतमा शिक्षा कार्यालय र विद्यार्थी संगठनवीच भएका सहमति कार्यान्वयन नहुँदा पुनः आन्दोलनमा उत्रिनु परेको जनाएको छ ।

क्रान्तिकारी कञ्चनपुरले शैक्षिक वेथिति नरोकिन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ । शिक्षा कार्यालय परिसरमा थप घटना हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएका छन ।

प्रतिक्रिया दिनुहोस्