योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त



नेपाल समाचारपत्र, काठमाडौँ ।

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एमालेको लेखापरीक्षण आयोगका अध्यक्ष समेत रहेका कँडेललाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

सरकारले आयोगलाई पनि पूर्णता दिँदै अन्य सदस्यहरु इन्जिनियर सुशील भट्ट, मीनबहादुर शाही, दिलबहादुर गुरुङ र रामकुमार फुयाँलसहितलाई योजना आयोगमा नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्