धुलिखेल नगरपालिकामा ‘फ्रन्ट डेस्क’



मोतीराम तिमल्सिना, धुलिखेल, काभ्रे ।

धुलिखेल नगरपालिकामा सेवाग्राहीहरुलाई शिघ्र, सघन, गुनासो रहीत तथा सेवाग्राही मैत्री वातावरणमा सेवा प्रवाह गर्न तथा नगरपालिकाको समग्र सुशासनमा टेवा पु¥याउने उदेश्यले फ्रन्ट डेस्क स्थापना गरिएको छ ।

फ्रन्ट डेस्क मार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाई नगरपालिकाले प्रदान गर्ने समग्र सेवाका बारेमा जानकारी गराउन फ्रन्ट डेक्स प्रमुखको समेत ब्यवस्था गरिएको छ । नगरपालिकाका गायत्रीरमण घिमीरेले फ्रन्ट डेस्कको जिम्मेवारी प्राप्त गरेका छन् । उक्त डेस्कबाट दर्ता तथा चलानी, सहायता कक्ष, मिटिङ ब्यवस्थापन तथा डायरी ब्यवस्थापन, कर्मचारी विद्युतीय हाजिरीको ब्यवस्थापन, अन्य समन्यव र निगरानी, समय पालना, डिजिटल नागरिक वडापत्र तथा मल्टिमिडिया ब्यवस्थापन, शाखाहरुको जिम्मेबारी, डेस्कमा तोकिएका अन्य कर्मचारीहरु, इन्टरनेट कम्युनिकेशन प्रणाली तथा विविध विषयमा फ्रन्ट डेस्कबाट उपलब्ध हुनेछ ।

के के हुन्छ फ्रन्ट डेस्कमा ?

नगरपालिकाले नागरिकहरुको सुविधाका लागि उपलब्ध गराएको फ्रन्ट डेस्कमा विविध सुविधा उपलब्ध हुनेछन् । त्यस मध्येको पहिलो दर्ता चलानी हुनेछ । दर्ता चलानीमा सेवा ग्राहीका निवेदन दर्ता तथा चलानीका लागि सफटवेयर जडान गरिएको छ । नगरपालिकाका प्रमुख, उपप्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतको तोक आदेश बमोजिम निवेदन दर्ता गर्नु पर्नेछ ।

राजश्व वुझाउने प्रयोजनका लागि प्राप्त हुने निवदन, नक्सा दर्ताको लागि प्राप्त हुने निवेदन, वडा कार्यालयबाट पत्रसाथ प्राप्त विषयहरु डेस्क प्रमुखले नै तोक आदेश गरी अग्रीम कारवाहीको लागि सम्बन्धित शाखामा पठाउने ब्यवस्था मिलाईएको छ । स्वीकृत नक्सामा छाप लगाउने सेवा नक्शा शाखाबाटै उपलब्ध गराईएको छ ।

सहायता कक्षबाट कुनै फारम भर्न नजान्ने ब्यक्तिलाई फर्म भर्न सघाउने, पत्र दर्ता भए पछि कुन शाखामा जाने भनी अलमलमा परेका सेवा ग्राहीहरुलाई सम्बन्धित शाखा देखाउने वा पत्र वा व्यक्तिलाई सम्बन्धित शाखामा पु¥याई सम्बन्धित अधिकारीसंग चिनाई वा भेटाई माग गरेको सेवाको सामान्य जानकारी दिई सहजीकरण गर्ने, कुनै शाखाका सम्बन्धित अधिकारी शाखामा नभएमा वा विदामा रहेमा कुन दिन वा समयमा उस संग भेट गर्न सकिने हो सेवाग्राहीले बुझ्ने गरी सम्झाउने ब्यवस्था मिलाईएको छ ।

‘मुख्य पदाधिकारीलाई भेट्न आउने पाहुनाहरु आईपुग्दा प्रमुख पदाधिकारीहरु कार्यालयमा नभएमा वा कार्यकक्षमा नभएमा पाहुनालाई स–सम्मान लविमा राखि, चिया दिई, पत्रपत्रिका पढ्न दिई पदाधिकारी तैयार भएपछि मात्र सम्बन्धित कोठामा लगिनेछ ।’

कार्यालयमा हाजिर भएको तर तत्काल शाखामा नभएको अधिकृत वा कर्मचारीको हकमा निजलाई आफैंले टेलिफोन गरी सोधी, कुन समयमा भेट्न सकिन्छ, एकिन गरी सहजिकरण सहायता कक्षबाट हुनेछ । नगर प्रमुख, उप प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अलग्गै निजी सचिव नरहने भएका कारण उक्त पदाधिकारीहरुलाई भेट्न आउने ब्यक्तिहरुलाई पनि सोही प्रकृया वमोजिम सहजिकरण गरिनेछ ।

मुख्य पदाधिकारीलाई भेट्न आउने पाहुनाहरु आईपुग्दा प्रमुख पदाधिकारीहरु कार्यालयमा नभएमा वा कार्यकक्षमा नभएमा पाहुनालाई स–सम्मान लविमा राखि, चिया दिई, पत्रपत्रिका पढ्न दिई पदाधिकारी तैयार भएपछि मात्र सम्बन्धित कोठामा लगिनेछ । यसै गरी अत्यन्त जरुरी तथा गोप्य छाप लागेका पत्रहरु बाहेक सरकारी तथा अन्य निकायबाट प्राप्त सम्पूर्ण पत्रहरु खोली, दर्ता गरी, आवश्यक निर्णय तथा निर्देशनको लागि प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने, सेवाग्राहीले माग गरेका निवेदनका फारमहरु उपलब्ध गराउने, एक जना सेवाग्राहीको २ पाना सम्म कागज फोटोकपी गरिदिने सहायता कक्षबाट हुनेछ ।

उक्त डेस्कबाटै कार्यालयमा रहेका ४ वटा मिटिङ कक्षहरुका बैठकको समय ब्यवस्थापन गर्ने र त्यसको रेकर्ड राख्ने काम हुनेछ । बैठकमा आउने सहभागिहरुलाई कुन वैठक कक्षमा वैठक हुने हो, त्यसको जानकारी दिने तथा आवश्यकता अनुसार संगै लिएर जाने र सहजीकरण गरिनेछ । कर्मचारी विद्युतीय हाजिरीको ब्यवस्थापन पनि सोहि डेस्कबाट हुनेछ ।

कर्मचारीको विद्युतीय हाजिरीको लागि कम्प्यूटर सफ्टवेयर तथा हाजिरी मेशिन डेस्कमा जडान गरिएको छ । उक्त सफ्टवेयर वमोजिम हाजिरी र विदाको रेकर्ड राख्ने तथा कार्यालय खुलेको पहिलो १५ मिनेटमा विहानको हाजिरी बन्द गर्ने र कार्यालय बन्द हुनु भन्दा पछिल्लो १५ मिनेट पहिले मात्र हाजिरी मेशिन खोल्ने र कार्यालय समय सकिएको ५ मिनेटपछि बन्द गर्ने, कर्मचारीको हाजिर भएको समयको मासिक विवरण प्रिन्ट गरी कार्यालय प्रमुखबाट प्रमाणित गराई प्रशासन शाखालाई अभिलेख ब्यवस्थापनको लागि पठाउने, कर्मचारीहरु विदामा रहेको विवरण प्रशासन शाखाले अविलम्व डेस्कलाई जानकारी गराउनु पर्नेछ । सम्बन्धित कर्मचारीले पनि आफू विदामा रहने व्यहोरा डेस्कलाई जानकारी गराउनु पर्नेछ ।

आकस्मिक काम परेर विदामा वस्नु पर्दा कार्यालय प्रमुख, प्रशासन शाखाको अलावा डेस्कमा समेत जानकारी गराउनु पर्नेछ । बैठक वा अन्य तोकिएको कामले गर्दा कार्यालयमा ढिला आउने कर्मचारीको तथा काममा छिट्टै निस्किएर ५ वजे फर्की हाजिर गर्न नभ्याएको अवस्थामा कारण खुलाई, रेकर्ड राखि कैफियत जनाउने ब्यवस्था मिलाईएको छ ।

डिजिटल नागरिक वडापत्र तथा मल्टिमिडिया ब्यवस्थापनका लागि लविमा जडान गरिएको मल्टि मिडियाबाट समय समयमा नागरिक वडापत्रको जानकारीहरु सार्वजनिक गरिनेछ । मल्टि मिडिया मार्फत समय समयमा नेपालको राष्ट्रिय गान, नेपाल सरकारको लोगो तथा नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गर्ने, खासगरी कर्मचारीको खाजा समयमा सेवाग्राहीहरु ज्यादा अलमलमा रहने भएकोले सो समयमा उक्त प्रविधि मार्फत सेवाग्राहीहरुलाई नगरपालिकाले दिनु पर्ने सूचना तथा जानकारीहरु उपलब्ध गराउने, हरेक दिन कार्यालयमा आयोजना हुने मिटिङहरुको तालीका समय र बैठक कक्ष समेत तोकि सोही प्रविधिबाट डिस्प्ले गर्ने, नगरपालिकाले नागरिकहरुलाई जानकारी दिनु पर्ने खासगरी जनचेतनामूलक सामाग्रीहरु उक्त प्रविधिमार्फत प्रदर्शन गर्ने ।

यसमा सुरक्षीत घर निर्माणका वृत्तचित्र, खुला दिशा मुक्त अभियानका वृत्तचित्रहरु, वालमैत्री नगर सम्बन्धी, वातावरण मैेत्री नगर सम्बन्धी वृत्तचित्रहरु, कर तिर्ने लगतयात नागरिक अधिकार र कर्तब्य समेटिएका विषयहरु यसमा समेट्ने, नगरपालिकाको फेसवुक पेज, लगायत सामाजिक सञ्जालमा राखिएका विषय बस्तु र नागरिकहरु संग भएका अन्तरकृयाहरु समेट्ने, धुलिखेलका पुराना सम्पदाहरुको तश्विर तथा फोटोहरु सम्बन्धित ब्यक्तिहरु संग लिई समय समयमा देखाउने यसै गरी नगरपालिकाका गतिविधिका फोटोहरु समय समयमा प्रदर्शन गर्ने काम उक्त डेस्कबाट हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्