आज लोकतन्त्र दिवस, पूर्वराजा ज्ञानेन्द्रले जनतालाई सत्ता सुम्पेको दिन



काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्रले जनतालाई सत्ता सुम्पेको सम्झनामा आज १३ औं लोकतन्त्र दिवस मनाइँदैछ ।

विक्रम संवत् २०६२६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो । पूर्वराजा ज्ञानेन्द्रले २०५९ जेठ ८ गते विघटित संसद २०६३ वैशाख ११ गते पुनःस्थापना गर्नुभएको थियो ।

नेपालका राजनीतिक दलले तयार पारेको मस्यौदाका आधारमा ज्ञानेन्द्रले ०६३ वैशाख ११ गते राति संसद पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गर्नुभएको थियो । त्यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्