बबुरो मन्त्रालय



एमाले अध्यक्ष ओली पीएम हुनुअगावै उनलाई भारतले पटक–पटक बधाइ तथा शुभकामना दियो। आफ्ना समकक्षी हुने निधो भएपछि मोदीले ओलीलाई पटक–पटक टेलिफोनमा हाइ, हेल्लोसहित अन्य खै के–के कानेखुसी गरे। त्यतिले मात्रै चित्त नबुझेर विशेष दूत स्वराजलाई नेपाल पठाएरै बधाइ दिन लगाए।

त्यही गुन तिर्न हो क्यार पीएम ओली गत महिना ‘उता’को विशेष पाहुना बने। अब मोदी पनि यही महिनाभित्र विशेष पाहुना हुँदै काठमाडौं आउने रे। स्वराज भ्रमण होस्, या ओली अब फेरि मोदी, अनि पाकिस्तानी समकक्षी अब्बासी सबैको भ्रमण तिथि मितिबारे नेपालचाहिँ विचरा बबुरो बन्न थाल्या छ। ‘उता’बाट भ्रमणको तिथि मिति तय भइसक्या हुन्छ, यताको सरकारचाहिँ अनविज्ञ रहन्छ।

विशिष्ट पाहुना आउने जाने मितिबारे जानकार रहनुपर्ने परराष्ट्र मन्त्रालयले यस्तो मामिलामा चुक्न थाल्या हो कि, भ्रमण गोप्य राख्न थाल्या हो, धरहरा अन्योलमा छ। कसैले मन्त्रालयका अधिकारीलाई ‘भ्रमण टुङ्गो लागेछ है’ भन्ने प्रश्न ग¥यो भने अधिकारीहरू भन्छन्– ‘खै सुन्नचाहिँ सुन्या हो, आधिकारिक खबर अहिलेसम्म आएको छैन।’

यो बबुरो मन्त्रालय विशिष्ठ पाहुनाको भ्रमण हुने अन्तिम दुई दिनअघि विज्ञप्ति निकाल्ने शैली अपनाउन थाल्या छ। त्यस्तो विज्ञप्तिमा २÷३ साताअघि नै सार्वजनिक भइसक्या तालिका समेटिन थालेको देख्दा धरहरा छक्क पर्न थाल्या छ।

प्रतिक्रिया दिनुहोस्