अफस्पा हटाइयो



नयाँदिल्ली, (एजेन्सी)
भारतको गृह मन्त्रालयले सोमबार मेघालयबाट विवादास्पद आम्र्ड फोर्स स्पेसल पावर्स एक्ट (अफ्स्पा)लाई पूर्णरूपमा हटाएको छ। अरूणाचल प्रदेशको धेरैजसो क्षेत्रबाट पनि उक्त कानुन हटाइएको छ। उक्त कानुनअन्तर्गत सुरक्षा बललाई विशेष अधिकार प्रदान गरिएको थियो, जसको ती राज्य तथा क्षेत्रमा व्यापक विरोध भइरहेको थियो। सन् २०१७ सेप्टेम्बर सम्म मेघालयको ४० प्रतिशत क्षेत्रमा अफस्पा लागू थियो। राज्य सरकारसँगको वार्तापछि मेघालयबाट अफस्पालाई पूर्णरूपमा हटाउने निर्णय लिएको एक अधिकारीले जानकारी दिए। अरूणाचलमा अब ८ प्रहरी चौकीमा मात्र यो कानुन लागू रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्