सरकारविरुद्ध पाक आदिवासी पास्तुनको आन्दोलन



इस्लामावाद,(एजेन्सी)
दशौं हजार पाकिस्तानी आदिवासी पास्तुनहरूले सरकारको तर्फबाट भइरहेको अपहरण र गैर न्यायिक हत्याको अन्त्यका लागि माग गरिरहेका छन्। सो आदिवासी समूहका ३० वर्षीय प्रभावशाली प्रवक्ता मन्जुर पास्तुनले यस विषयमा सरकारविरुद्ध आन्दोलन चर्काउन मानिसहरू जम्मा गरिरहेका छन्।

यसबाट पाकिस्तानमा हुन गइरहेको आम निर्वाचन प्रभावित हुने अनुमान गरिएको छ। मन्जुरले अफ्गानिस्तनको सीमासँग जोडिएको पाकिस्तानीको क्षेत्रमा दशकौं लामो युद्धको दौरान पास्तुनहरूमाथि ज्यादती भएको दाबी गरेका छन्।

गैरसरकारी संघसंस्थाहरुले संघीयरूपमा शासित आदिवासी क्षेत्र (फाटा) र बालुचिस्तानजस्ता क्षेत्रमा थुप्रै पास्तुन आदिवासी हराइरहेको दाबी गरेका छन्। लाहोरमा आयोजित ¥यालीमा हजारौं व्यक्तिको उपस्थिति रहेको छ।

सरकारी पक्षले भने सो ¥यालीमा भाग नलिन आ≈वान गुर्नका साथै केही स्थानमा छापा मारेर थुप्रै आदिवासी नेतालाई गिरफ्तार गरेको छ। पास्तुन ताहाफुज मुभमेन्ट (पीटीएम, पास्तुन प्रोटेक्सन मुभमेन्ट) ले आफ्नो आन्दोलन नितान्त शान्तिपूर्ण र पाकिस्तानी कानुनको सीमाभित्र रहेको दाबी गरेको छ।

तर यो आन्दोलनबाट राष्ट्रका नेताहरूमाथि भने ठूलो दबाब परिरहेको पीटीएमले जनाएको छ। पाकिस्तानका सेना प्रमुख क्वामार जावेद बाज्वाले समेत पास्तुनहरूके यो आन्दोलन विदेशी साधुहरूको एजेन्डा भएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्