केट र विलियमलाई तेस्रो सन्तान



लन्डन (एजेन्सी)
बेलायतका राजकुमार विलियम र पत्नी डचेस अफ क्याम्ब्रिज केट मिडल्टनलाई तेस्रो सन्तान प्राप्त भएको छ। यसले बेलायतको शाही परिवारमा एक नयाँ सदस्य थपेको छ। विलियम र केटलाई तेस्रो सन्तानस्वरुप पुत्र लाभ भएको हो।

केटले सोमबार स्थानीय समय बिहान ११ बजे लन्डनको सेन्ट मेरी हस्पिटलमा छोरालाई जन्म दिएकी हुन्। केनसिंग्टन प्यालेसले बच्चा जन्मको घोषणा गर्दै आमा र बच्चा दुवै स्वस्थ रहेको जनाएको छ। बच्चाको तौल ४ केजी रहेको छ। राजकुमार विलियम प्रसुतीको बेला अस्पतालमै थिए। केट र विलियम यसअघि नै एक छोरा र एक छोरीका मातापिता हुन्।

प्यालेसले पुत्र लाभको समाचार महारानी, द ड्युक अफ एडिबर्ग, द प्रिन्स अफ वेल्स, द डचेस अफ कर्नवल, राजकुमार ≈यारी र परिवारका सबै सदस्यलाई दिइसकेको जनाएको छ। शाही परिवारले गतवर्ष सेप्टेम्बर ४ मा केट गर्भवती भएको पुष्टि गरेको थियो।

प्रतिक्रिया दिनुहोस्