प्योङयाङमा पर्यटक बस दुर्घटना प्योङयाङ,



(एजेन्सी)
उत्तर कोरियामा एउटा टुर बस दुर्घटना हुँदा कम्तीमा ३६ जना मानिसको ज्यान गएको छ। अधिकारीहरूले मारिनेमध्ये ३२ जना चिनियाँ नागरिक रहेको बताएका छन्। आइतबार राति उत्तरी ≈वान्घाय प्रान्तमा भएको सडक दुर्घटनामा ४ जना उत्तर कोरियाली पनि मारिएका छन्।

चिनियाँ सरकारी समाचार निकाय सिन्वाह्लगायतका अन्य सञ्चार माध्यमले देखाएको भिडियो फुटेजमा नीलो रंगको टुर बस निकै क्षतिग्रस्त अवस्थामा रहेको छ।
राष्ट्रिय तथ्यांकका अनुसार उत्तर कोरिया आउने कुल पर्यटकको संख्याको ८० प्रतिशत चिनियाँ रहेका छन्। चीन उत्तर कोरियाको प्रमुख राजनीतिक र व्यापारिक साझेदार पनि रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्