फिल्ममा यात्राको प्रेमकथा



निर्माता केशब भट्टराईले सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरी यात्राः म्युजिकल भ्लग नामक फिल्म निर्माणको घोषणा गरेका छन्।

आगामी वैशाख २५ बाट सुटिङ फ्लोरमा जाने फिल्म सम्राट शाक्यले निर्देशन गर्दैछन् भने सलिनमान बानियाँ, सलोन बस्नेत, जान्हवी बस्नेत, जयनन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा विशाल कटवाल, रेअर राई, प्रेक्षा वज्राचार्य, समृद्धि राई, योगेशजंग कुँवर, विशाल पहाडीलगायतले यसमा अभिनय गर्दै छन्। फिल्ममा मल्लिका महतले डेब्यु गर्दै छिन् भने चिनियाँ कलाकार काजुन झाङ र केन्याका बबीले पनि अभिनय गर्नेछन्।

कोटकी कालिका देवी फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने प्रेमकथाको फिल्ममा केशवसँगै मुक्ति तिम्सिना, मधु क्षेत्री र धर्मराज अधिकारी निर्माता रहेका छन्। डेब्यु निर्देशक सम्राटकै कथा रहेको फिल्ममा शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत, कविराज गहतराज र प्रविन सिंहको कोरोयोग्राफी, हिमाल केसीको द्वन्द्व र बनिश शाहको सम्पादन रहनेछ।

कार्यक्रममा निर्देशक शाक्यले २ दशकदेखि सहायक र मुख्य सहायक निर्देशक भई संगालेको अनुभव यो फिल्ममा देखाउनेछु। ‘फिल्ममा हामी यात्राको कथा देखाउनेछौँ। यसलाई जर्नी लभ स्टोरीभन्दा पनि हुन्छ।’ –उनले भने। फिल्मका प्रस्तुतकर्ता केशव भट्टराईले फिल्ममार्फत युवापुस्ताको प्रेम र मित्रतालाई नै देखाइने बताए। ‘कथा राम्रो छ, त्यसैले निर्माण गर्दै छौँ। सम्राट भोलिको दिनमा राम्रो निर्देशकमा पर्छ भन्नेमा म स्पष्ट छुु भट्टराईले भने। नायक सलिनमान बनियाले डेब्यु फिल्म ए मेरो हजुर टुभन्दा यसमा फरक भूमिका रहेको बताए।

प्रतिक्रिया दिनुहोस्