राष्ट्रिय संगीतकर्मीमा अमरकृष्ण



काभ्रे ।
राष्ट्रिय संगीतकर्मी संघ काभ्रेका अध्यक्षमा कलाकार/निर्देशक तथा गीतकार अमरकृष्ण चन्द चुनिएका छन् ।
वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटाको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको दोस्रो जिल्ला अधिवेशनले चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनमा प्रमुख अतिथि सापकोटा, ÷राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय महासचिव श्याम धिताल, सचिव गोविन्द दुलाल, गायक हरि कर्माचार्य लगायतले नेपाली कला क्षेत्र तथा सांगीतीक क्षेत्रका समसामयिक समस्या तथा चुनौती बारे आ–आफ्ना धारणा राखेका थिए ।

नयाँ चुनिएका कार्यसमितका सदस्यहरुमा उपाध्यक्ष विक्रम गौतम, सचिव दिनेश लामा, सह सचिव सावित्री राना, कोषाध्यक्ष सविता ढुङ्गाना, सह कोषाध्यक्ष शर्मिला लामा रहेका छन् । यस्तै सदस्यहरुमा रश्मी तामाङ्ग, अनिसा तामाङ्ग, संकल्प तामाङ्ग थिङ्ग रहेका छन् ।

सोहि कार्यक्रममा निवर्तमान अध्यक्ष विशाल थिङ्गले नवनिर्वाचित अध्यक्ष अमरकृष्ण चन्दलाई पदभार हस्तान्तरण गरेका थिए भने केन्द्रिय सचिव गोविन्द दुलालले नयाँ कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । कार्यक्रमको सहजिकरण केन्द्रिय सदस्य शर्मिला श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्