बैशाख २८ मा नेपाल आउँदै मोदी



काठमाडौं, (नेस) ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यहि महिनामा नेपाल भ्रमण गर्ने तयारी अघि बढाइएको छ । दुई दिने भ्रमणका लागि उहाँ बैशाख २८ गते काठमाडौं आउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आफ्ना भारतीय समकक्षी मोदीको नेपाल भ्रमण तालिका अनुमोदन गर्नु भएको हो । भारतले प्रस्ताव गरेको भ्रमण तालिका अनुमोदन भएको हो ।

गत महिनाको भारत भ्रमणका क्रममा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिनु भएको थियो । आफ्नो भ्रमणका क्रममा मोदीले जानकी मन्दिरको दर्शन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्