पैसामा छापिने राजा वीरेन्द्रको तस्विर वियरमा छापिएपछि हंगामा



काठमाडौं, स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहको तस्विर छापेर स्वीजरल्याण्डको एक मदिरा कम्पनीले वियर उत्पादन गरी विक्री गरेको खबरले नेपालको पश्चिममा खैलाबैला मच्चिएको छ । एक गिलाँस वियर हातमा राखेर मुस्कुराइरहेको तस्वीरसहित ‘वीरेन्द्र वियर’ सामाजिक संजालमा अच्चमको फोटोसहित देखिन थालेपछि यसको विरोधमा अनेक प्रकारका आलोचना हुन थालेको पाइएको छ ।

स्वीस कम्पनीले बियरलाई स्पाइस्ड–हर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखेको छ । यसको एक बोतलको मूल्य स्वीस फ्रयाङ्क ४४/४० अर्थात ४ हजार ८ सय २७ रूपैंया पर्छ र अर्को एक बोतलको मूल्य १८/५ अर्थात करिब दुईसय रुपैंयाँ पर्ने गरेको पाइएको छ ।

यसरी स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाह देवको नाम र तस्वीर राखेर वियर उत्पादन गरेको राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले विज्ञप्ती नै निकालेर आपत्ति जनाएको छ । विद्यार्थी संगठनले राजा वीरेन्द्रको फोटो राखेर मदिरा उत्पादन गर्ने गलत कार्य समयमै बन्द नभए कडा संघर्षमा उत्रने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्