आँचल ‘फ्लप’



काठमाडौं । अभिनेत्री आँचल शर्माका अधिकांश फिल्म फ्लप छन् । आँचल सुन्दर छिन् । तर, उनको अभिनयले आफ्नो रुपको सुन्दरता जस्तै गरेर जादु देखाउन सकेन । ‘शत्रु गते’ हिट भएपनि आँचलको भूमिका कतै पनि देखिएन । ‘शत्रु गते’मा पुराना कलाकारहरूका कारण आँचल ओझेलमा परेकी हुन् । आँचल मात्रै होइन अभिनेता पल शाह पनि छायाँमा परेका छन् ।

आँचलले फिल्म ‘नाई नभन्नु ल ४’बाट डेब्यु गरेकी हुन् । यो फिल्म सुपर फ्लप भएको थियो । आँचलका कारण फिल्म डुबेको भन्दै निर्माताले थकथक मात्रै गरेर बसे । अर्को फिल्म ‘जोनी जेन्टलम्यान’मा पनि आँचलले खासै क्षमता देखाउन सकिनन् । उनको यो फिल्म पनि पानीखान नपाइ हलहरूबाट उत्रियो ।

आँचल शारीरिक बनावट र रुपमा जति सुन्दर छिन् उनको अभियनमा त्यतिनै त्रुटि र खोट हुने गरेको दर्शकहरूको टिप्पणी छ । अभिनेता पल शाहसँग रोमान्समा रहेको भनेर मिडियामा समाचार पनि आइरहेका छन् । यसबारेमा खुलेर केही नबताएकी अभिनेत्री आँचल उनै पल शाहको जन्मदिनको कार्यक्रममा आँखाबाट आँशु झारेर रोकी थिइन् । आँचल किन रोइन् कसैले पत्तो पाएनन् ।

म्युजिक भिडियोमा आँचलको अभिनय थुप्रै देख्न सकिन्छ । तर, म्युजिक भिडियोमा पनि आँचलको अभियन नोटिस गर्ने खालको छैन भनेर निर्देशकहरू नै बताउँछन् । ‘शत्रु गते’मा आँचलको भन्दा पनि पल शाहसँग नाम जोडिएर उनको चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्