निर्वस्त्र बन्दुकधारीको आक्रमणमा चार जनाको मृत्यु



काठमाडौं । अमेरिकाको टेनेसीस्थित नेशविल शहरको एक रेस्टुरेन्ट बाहिर निर्वस्त्र बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

निर्वस्त्र बन्दुकधारीले अन्धाधुन्द गोली चलाएको र हतियारसहित फरार भएको स्थानीय प्रहरीले जनाएको छ ।स्थानीय मिडियाका अनुसार इलिनोइस प्रान्तका २९ वर्षीय ट्रेविस रिनकिङ्गले राइफलमार्फत गोली चलाएका थिए । उनी कार चढेर आएका थिए र गोली चलाएका थिए ।

उनले रेस्टुरेन्ट बाहिर दुई जनालाई गोली हानेर मारे । त्यसपछि रेस्टुरेन्ट भित्र प्रवेश गरेर गोली हाने । तीन जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा मृत्यु भएको थियो ।

प्रहरीका अनुसार गोली हान्ने व्यक्ति नांगै थिए । उनले एक हरियो रंगको ज्याकेटमात्र लगाएका थिए त्यो पनि गोली हान्ने बेला घटनास्थलमै खसेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्